पूर्वाधार नीतिलाई प्रभावकारी कार्यान्वयन गर्दै बेथानचोक | Jana Aawaj News

पूर्वाधार नीतिलाई प्रभावकारी कार्यान्वयन गर्दै बेथानचोक

पढ्न लाग्ने समयः < 1 मिनेट
पूर्वाधार नीतिलाई प्रभावकारी कार्यान्वयन गर्दै बेथानचोक : Jana Aawaj News

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले पूर्वाधार नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लक्ष्य अनुसार अहिले गाउँपालिकाले पूर्वाधार नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आएको छ ।

पूर्वाधार संरचनाको लागत घटाइ अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउने, उत्पादन र उपभोगबीचको सकारात्मक सम्बन्ध कायम गर्ने, पूर्वाधारको डिजाइन गर्दा विपत जोखिम मिलाउने नीति गाउँपालिकाले बनाइ अहिले सोही नीति कार्यान्वयन गर्दै आएको छ ।
गाउँपालिकाले गत असारमा चालुु आर्थिक वर्ष २०८२/८३ को लागि नीति कार्यक्रम तथा बजेट गाउँ सभाबाट पारित गर्दै गाउँपालिकाले पूर्वाधार नीति प्रभावकारी कार्यान्वयन गर्न थालेको हो । चालुु आर्थिक वर्ष भित्र नेपाल सरकारले तोकिए भूुउपभोग नीति अनुुसार जग्गाको वर्गिकरण गर्ने, समग्र बेथाचोक गाउँपालिका भरीको जग्गाको संघीय सरकारसँग समन्वयन गरी पुुन नापी गर्ने नीति बनाइ अहिल बेथाचोक गाउँपालिकाले उक्त नीति कार्यान्व्यन गर्दै तयारी थर्न थालेको छ ।

उज्यालो बेथानचोक अभियान अन्तर्गत संघीय र प्रदेश सरकारसँग समन्वय गरेर सोलार बत्ती जडान गर्ने योजना बनाएको छ । त्यस्तै दीगो विकासको मूल मर्मलाई आत्मसाथ गर्दै सडक निर्माण गर्दा ड्रेन निर्माण गरी आयोजना संचनला गर्ने, लाइफ लाइनको रुपमा रहेको जिल्ला सदरमुुकाम जोड्ने सडक पालिका केन्द्र जोड्ने सडकलाई तीन तहको सरकारको समन्वयमा बाह्रै महिना निर्वालदरुपमा सञ्चालन हुुने व्यवस्था मिलाउने, आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको स्थानीय उद्योगहरुलाई प्रोत्साहित गरी पूर्वाधार बोटो, विजुुली र खानेपानीको व्यवस्था गर्ने, आर्थिक उद्योगको मेरुदण्डको रुपमा रहेको स्थानीय उद्योगहरुलाई प्रोत्साहित गर्ने नीति अनुसार अहिले गाउँपालिकाले सोही नीति कार्यान्वयन गर्दै आएको छ ।

पछिल्ले समय काभ्रे जिल्लाका स्थानीय तहमध्ये बेथानचोक गाउँपालिकाले उत्कृष्ट नीति,योजना र बजेट निर्माण गरी सोही अनुसार कार्यान्वयन गर्दै आएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न