इटहरी हटिया क्षेत्रमा बृहत सरसफाई अभियान सम्पन्न | Jana Aawaj News

इटहरी हटिया क्षेत्रमा बृहत सरसफाई अभियान सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
इटहरी हटिया क्षेत्रमा बृहत सरसफाई अभियान सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/इटहरी फागुन, ७ गते । बिहीवार इटहरी परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध भएका ASEZ र ASEZ Star मिलेर ईटहरी हटिया बजार क्षेत्रमा सरसफाई सम्पन्न गरेका छ ।

ASEZ को अर्थ चाहिँ Save the earth from A to Z भन्ने रहेको छ। ASEZ चाहिँ परमेश्वरको मण्डलीका विश्व विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको स्वयंसेवक समूह हो। र ASEZ Star चाहिँ middle and high school मा पढिरहेका student हरुको volunteer group हो।हाल १७५ देशहरूमा सक्रिय रूपमा स्वयंसेवाको कार्य गर्दै आएको छ।

आज सरसफाई अभियान कार्यक्रममा प्रमुख अतिथिको रुपमा इटहरी वडा नं ९ का अध्यक्ष जितेन्द्र थापा, वडा नं ९ का वडा सदस्य कपिल घिमिरे, दक्षिणकाली टोल विकास समितिका अध्यक्ष बलबहादुर कटुवाल लगाएतकी सहभागिता रहेको थियो।

उक्त सरसफाई कार्यक्रममा वडा अध्यक्ष थापाले भन्नुभयो “यस वडाको हाटबजार क्षेत्रलाई मध्यनजर गर्नुभएर सरसफाईको लागि यस ठाउँलाई रोज्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो। लामो समयदेखि चल्दै आएको यो हाट बजारलाई सरसफाई हामी सबैले गर्नुपर्छ भन्ने जनचेतना प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो। वातावरण र सरसफाई यस्ता कार्यक्रमले सहरी विकासमा ठूलो प्रेरणा मिल्नेछ भन्ने आशय व्यक्त गर्नुभयो। यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभयो।”

ASEZ र Asez Star ले देश र समाज को जग बनेर विभिन्न स्वयंसेवाका कार्यहरू गर्दै आएको छ। रक्तदान वातावरण सरसफाई वृक्षारोपण वृद्धाश्रममा सहयोग इत्यादी कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ । हाल विश्वको १७५ वटा देशहरूमा ७,८०० वटा भन्दा बढी क्षेत्रमा स्वयंसेवाका कार्य गर्दै आएको छ। परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट चारवटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड,कोरियाबाट तीनवटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड र राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ। यो मण्डलीले विशेषत पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ र आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर्नु भन्ने ख्रीष्टको शिक्षालाई व्यवहारमा कार्यन्वयन गरिरहेको छ।

 

+ posts
ताजा
1 सुनको मूल्य कति पुग्यो ?
2 महेश बस्नेतलाई एकसय वर्ष नाघेका नागरिकदेखि जेन्जी पुस्तासम्म भन्छन् : विजयीको माला पहिराउन आतुर छौं
3 वीलभयू फाउन्डेसनद्वारा ८,६५ औँ  विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 वीलभयू फाउन्डेसनद्वारा हेटौडामा ८,८१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न