
जन आवाज न्युज/ हेटौंडा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विद्यार्थी स्वयंसेवक समूह ASEZ STAR ले Green World प्रोजेक्ट अन्तर्गत हेटौडाको सिमेन्ट मार्ग-२ र धर्मपथ चोकमा बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
ASEZ STAR का सदस्यहरुले माताको मनजस्तै संसारलाई प्रेम गर्ने मनद्वारा मण्डली वरपर साथै नजिकै रहेको प्रगति स्कुल दुई किलोमिटर वरपरका सडक, पैदल बाटो, नाला, घर-पसल वरपर रहेका प्लास्टिक जन्य वस्तु तथा कुहिने र नकुहिने फोहोरहरुलाई हटाएर वातावरण सरसफाई कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ।

उक्त सरसफाई कार्यक्रममा परमेश्वरकाे मण्डलीका ३२ जना विधार्थि स्वयंसेवक साथै ११ जना विध्यार्थीका अभिभावक गरी ४३ जना सदस्यहरुको सहभागीतस रहेको थियो । परमेश्वरको मण्डलीका स्वयंसेवकहरुले मासिक रूपमा निरन्तर गरिरहने यस्तो सरसफाई यो समयमा गर्दा वरपर रहेका छिमेकिहरुले धन्यवाद व्यक्त गर्नुभयो । हामिले सामान्य ठानेर फाल्ने फोहोरहरु त्यत्तिकै छोडिदिँदा पछि गएर थुप्रो लाग्दै वातावरण साथै मानिसको स्वास्थ्यमा ठूलो रूपमा असर पुर्याउने गर्दछ।
परमेश्वरका मण्डलीका विद्यार्थी स्वयंसेवकहरूले गरेको यस्तो कार्यद्वारा केही व्यक्तिहरू स्वेच्छासाथ सरसफाईमा सहभागी भएर हामी आफैंले गर्नुपर्ने कार्य थियो यहाँहरू आउनु भएर सहयोग गरिदिनुभयो धन्यवाद भन्नुहुँदै आफू पनि उक्त सरसफाइमा सहभागी हुन पसुदा धेरै खुशी लागेकोले हृदयदेखि Asez Star लाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।






-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related


















Total views : 351284










