
जन आवाज न्युज/भक्तपुर। नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउने पक्ष बीचको प्रतिस्पर्धात्मक निर्वाचन भएको बताउनु भएको छ । मध्यपरथिमि नगरपालिका वडा नं. ४, ५ र ६ को घरदैलो कार्यक्रममा मतदातासंग बोल्दै उहाँले अहिले चुनावमा देश जलाउनेहरु अनेक नाटक गरेर मतदाता माझ आइरहेकाले त्यस्तालाई चिन्नुपर्ने उहाँले बताउनुभएको हो ।
उम्मेदवारसमेत रहनु भएका एमाले सचिव महेश बस्नेतले भन्नुभयो, ‘मतदान गर्नु अगाडि देश जलाउनेलाई तपाईहरुले चिन्नुपर्छ, सिक्किमकरण गर्न चाहनेहरुलाई चिन्नु पर्छ, विदेशी मतियाहरुलाई चिन्नु पर्छ, यो देशलाई युक्रेन बनाउन खोज्नहरुलाई चिन्नुपर्छ, यो देशका जेलेस्की, लोन्डुप दोर्जेहरुलाई, लुसिफरहरुलाई चिन्नु पर्छ ।’
एमालेले देशको अहित नगर्ने बताउदै उहाँले भन्नुभयो, ‘एमालेले देशको राष्ट्रियता जोगाउँछ, एमालेले देशको सार्वभौम सत्ता जोगाउँछ, एमालेले नाकाबन्दी लगायो भने खुलाउँछ, एमालेले सिमाना जोगाउँछ, चुच्चे नक्सा ल्याउछ, एमालेले हिन्द महासागरबाट व्यापार गर्न चाईनासंग सन्धी सम्झौता गरेर प्रशान्त महासागरसम्म पुर्याउँछ , एमालेले लोकतन्त्र बलिाये बनाउँछ, सविधानबाद बलियो बनाउछ, प्रेस स्वतन्त्रता बलियो बनाउँछ,सम्बृद्धि, विकास दिन्छ, रोजगारी दिन्छ, त्यसैले एमालेलाई स्वदेशदेखि विदेशसम्मले घेराबन्दीमा पारेका छन्।’
मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको हव बनाउने बताउनुभएको छ । आउँदो २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता माझ पुग्न मध्यपुरथिमि क्षेत्रमा आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उहाँले मध्यपुरथिमिमा तीन वर्षदेखि रोकिएको विकासका कामलाई अगाडि बढाउने बताउनुभयो । मध्यपरथिमि नगरपालिकाको मेयरमा एमालेले विजयी गरेपश्चात यहाँको कला, संस्कृति, ऐतिहासिक धरोहर र सम्पदाको संरक्षण, पुर्ननिर्माण गरि यहाँको जनताको सम्पत्तिसंग, यहाँको जनताको आयआर्जन र रोजगारीसंग जोड्ने कार्य गरेको स्मरण गर्नुभयो ।
तत्कालिन नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाले प्रदेश र संघीय सरकारसंगको समन्वयमा यहाँको कला, संस्कृति र सम्पदालाई उद्योसंग जोड्ने सुरुवात गरेको बताउदै कला र संस्कृतिलाई उद्योग र व्यबसायसंग जोडेर लगेको स्मरण गर्नुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 334084



