सेकरिड हार्ट एकेडेमीको २३ औँ वार्षिकोत्सव सम्पन्नः जिपिए ४ ल्याउने विद्यार्थी सम्मानित | Jana Aawaj News

सेकरिड हार्ट एकेडेमीको २३ औँ वार्षिकोत्सव सम्पन्नः जिपिए ४ ल्याउने विद्यार्थी सम्मानित

पढ्न लाग्ने समयः < 1 मिनेट
सेकरिड हार्ट एकेडेमीको २३ औँ वार्षिकोत्सव सम्पन्नः जिपिए ४ ल्याउने विद्यार्थी सम्मानित : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ४ गःपलीस्थित सेकरिड हार्ट एकेडेमीको मंगलबार २३ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम-२०८२ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथिले मिहिनेत, अभ्यास र अवसरले मात्र विद्यार्थीहरूलाई सफलता हासिल हुने बताउँदै अवसर पाएको खण्डमा हरेक विद्यार्थीले उत्कृष्टता हासिल गर्नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीको क्षमता अनुसारको शिक्षा प्रदान गर्नसक्नु नै शिक्षकको कर्तव्य हो भन्नुभयो । एसईई परीक्षा २०८१ मा ४ जीपीए ल्याउन सफल विद्यार्थी प्रिन्स लामा लगायतका सम्पूर्ण विद्यार्थीलाई बधाई एवम् शुभकामना दिँदै नगर प्रमुख प्रजापतिले बलियो शैक्षिक जग नै विद्यार्थीको सुनिश्चित भविष्य तय गर्ने आधार भएको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल श्रीराम सुवालले एसईई २०८१ मा ४ जीपीए ल्याउन सफल विद्यार्थी प्रिन्स लामाको मनोबल बढाउन र थप हौसला प्रदान गर्न विद्यालयले रु. ५० हजारको प्रोत्साहन रकम व्यवस्था गरेको बताउनुभयो । हाल सेकरिड हार्टमा ६०० को हाराहारीमा विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई किताबी ज्ञानसँगै असल संस्कारको आवश्यकता औँल्याउनुभयो ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयले गरेको सफलतामा खुलेर प्रसंशा गर्नु भएको थियो । अध्यक्ष खड्काले क्षमतीवीन विद्यार्थी, मिहिनेती शिक्षकहरु, कुशल विद्यालय व्यवस्थापन र सहयोगि अभिभावकहरु भएकाले सेकरिड हार्ट एकेडेमी स्कुलले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, उत्प्रेरक विकाश देव लामा, नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम पिरसीद खाताखो लगाएतको उपस्थिति रहेको थियो ।
एसईई २०८१ का उत्कृष्ट विद्यार्थीलाई सम्मान, शिक्षक तथा कर्मचारी सम्मान, कक्षागत उत्कृष्ट विद्यार्थी सम्मान, विभिन्न विधामा अब्बल एवं विजेता विद्यार्थी सम्मान गरिएको वार्षिकोत्सब कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुत गरिएको थियो ।

+ posts
ताजा
1 स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
2 “एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम”
3 सेकरिड हार्ट एकेडेमीको २३ औँ वार्षिकोत्सव सम्पन्नः जिपिए ४ ल्याउने विद्यार्थी सम्मानित
4 दधिकोटबाट सिधै रत्नपार्कसम्म EV माइक्रो बस सेवा संचालन हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न