ASEZ WAO द्वारा टोखामा ‘Green Earth’ अन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सम्पन्न | Jana Aawaj News

Bhaktapur Hospital

ASEZ WAO द्वारा टोखामा ‘Green Earth’ अन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

(भिडियो सहित हेर्नुहोस्)

पढ्न लाग्ने समयः 4 मिनेट
ASEZ WAO द्वारा टोखामा ‘Green Earth’ अन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं बैशाख ३ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज अन्तर्गतको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले बिहिवार काठमाडौँको टोखास्थित धापासी रोडमा ‘Green Earth’ परियोजना अन्तर्गत वातावरण सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा ASEZ WAO का सदस्यहरू, उनीहरूका सहकर्मी र साथीभाइ गरी करिब १५० जनाको उत्साहजनक सहभागिता थियो। ‘Green Earth’ प्रदूषित सहरी सडक, पार्क र वन-जङ्गल सफा गरी स्वस्थ स्थलीय पारिस्थितिक प्रणाली निर्माण गर्ने एक विश्वव्यापी अभियान हो।

सक्रिय सहभागिता र उपलब्धि

बिहान ७ बजेदेखि सुरु भई करिब २ घण्टासम्म चलेको उक्त गतिविधिमा स्वयंसेवकहरूले धापासी रोडको १ किलोमिटर क्षेत्र सफा गरेका थिए। युवाहरूको सक्रियता र सेवाभावले सडकको वातावरणमा सकारात्मक परिवर्तन देखिएको थियो। उनीहरूले सडकमा फ्याँकिएका प्लास्टिकका कप, झोला, चुरोटका ठुटा र बक्स लगायतका सबै प्रकारका फोहोरहरू सङ्कलन गरे। सो क्रममा ५५० लिटर क्षमताका ११० वटा प्लास्टिकका झोला फोहोरले भरिएको थियो।

ASEZ WAO का एक अधिकारीले भने, “आफ्नो प्रयासले स्थानीय वातावरण सफा राख्नु निकै सन्तोषजनक कार्य हो। युवाहरूको यो सानो प्रयासले छिमेकीहरूमा वातावरणीय चेतना जगाउन र स्वच्छ पृथ्वी तथा मानवजातिको सुखद भविष्य निर्माणमा ठोस आधार बनोस् भन्ने हाम्रो चाहना हो।”

स्थानीय जनप्रतिनिधिको सराहना

युवाहरूलाई प्रोत्साहन दिन उपस्थित हुनुभएका टोखा नगरपालिका वडा नं. ५ का अध्यक्ष मदन गुरुङले भन्नुभयो, “ASEZ WAO का युवाहरू एकदमै लगनशील, चुस्त र स्वस्फुर्त हुनुहुन्छ। उहाँहरूलाई विशेष धन्यवाद र शुभकामना व्यक्त गर्दछु।” त्यसैगरी, वडा नं. १० का अध्यक्ष मचाकाजी महर्जनले युवाहरूको जनचेतनामूलक कार्यको प्रशंसा गर्दै नगरपालिकाको तर्फबाट कृतज्ञता प्रकट गर्नुभयो।

सहभागी अनिशले प्लास्टिकजन्य फोहोर व्यवस्थापनको महत्त्वबारे चर्चा गर्दै वातावरण स्वच्छ बनाउन पाउँदा खुसी व्यक्त गर्नुभयो भने अर्की सहभागी जेसिकाले यस अभियानमा जोडिन पाउँदा गर्व महसुस भएको बताउनुभयो।

ASEZ WAO र यसका विश्वव्यापी गतिविधिहरू

‘Save the Earth from A to Z’ (पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔँ) र ‘We Are One Family’ (हामी एउटै परिवार हौँ) भन्ने वाक्यांशको संयोजनबाट ASEZ WAO नामाकरण गरिएको हो। यसको अर्थ ‘हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔँ भन्ने हुन्छ।

वातावरण संरक्षणका लागि यस संस्थाले ‘Green Earth’ सँगसँगै ‘Blue Ocean’ (नदी तथा समुद्र सरसफाइ) र ‘Mother’s Forest’ (वृक्षारोपण) जस्ता विभिन्न अभियानहरू विश्वभर सञ्चालन गरिरहेको छ। युवाहरूको यो परोपकारी कार्यको कदरस्वरूप अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाको प्रशंसा-पत्र, ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड लगायत ६०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त भइसकेका छन्।

नेपालमा पनि ASEZ WAO ले काठमाडौँ, ललितपुर, उदयपुर र नेपालगुञ्ज लगायतका विभिन्न स्थानमा निरन्तर सरसफाइ र ‘ग्रीन वर्कप्लेस’ जस्ता वातावरणीय सेमिनारहरू आयोजना गर्दै आएको छ।

परमेश्वरको मण्डलीको सेवा यात्रा

ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डली विश्वका १७५ देशका ७,८०० भन्दा बढी स्थानमा फैलिएको छ। करिब ४० लाख विश्वासीहरू रहेको यस मण्डलीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्दै ‘छिमेकीलाई आफूलाई झैँ प्रेम गर्ने’ ख्रीष्टको शिक्षालाई व्यवहारमा उतारिरहेको छ।

नेपालमा मात्रै हालसम्म मण्डलीका ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन्। विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, रक्तदान र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू हालसम्म ४७,००० पटकभन्दा बढी सम्पन्न भएका छन्।

परमेश्वरको मण्डलीले नि:स्वार्थ सेवाको कदरस्वरूप विश्वभरबाट ५,८०० भन्दा बढी सम्मान प्राप्त गरेको छ। जसमा अमेरिकी राष्ट्रपतिको स्वयंसेवा अवार्ड (४ पटक), बेलायती महारानी स्वयंसेवा अवार्ड, र दक्षिण कोरियाको राष्ट्रपति अवार्ड (३ पटक) जस्ता प्रतिष्ठित पुरस्कारहरू सामेल छन्। साथै, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड र राष्ट्रिय सभाको सम्मान पदक सहित संस्थाले ग्रीन वर्ल्ड र ग्रीन एप्पल जस्ता अन्तर्राष्ट्रिय वातावरणीय अवार्डहरू समेत प्राप्त गरिसकेको छ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
2 देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल
3 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
4 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x