शुक्रबार र शनिबार तातो दिन रहने, सतर्कता अपनाउन आग्रह | Jana Aawaj News

Bhaktapur Hospital

शुक्रबार र शनिबार तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

पढ्न लाग्ने समयः < 1 मिनेट
शुक्रबार र शनिबार तातो दिन रहने, सतर्कता अपनाउन आग्रह : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं शुक्रबार ४ गते । जल तथा मौसम विज्ञान विभागले आज र भोलि (शुक्रबार र शनिबार) तातो दिन हुने बताएको छ । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य भागमा तातो दिन हुने पूर्वानुमान विभागले गरेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभएको छ । सो समयमा त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

“देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागले भनेको छ ।

नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । आज (वैशाख ४) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्ने बताइएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा  मेघगर्जन, चट्याङसहित हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
2 देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल
3 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
4 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x