भोली शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने | Jana Aawaj News

भोली शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

पढ्न लाग्ने समयः < 1 मिनेट
भोली शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने : Jana Aawaj News

भक्तपुर । भोली वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका छन् ।

भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवका अवसरमा साँझ भक्तपुर वाइल्ड फायर नाइट हुन लागेको हो । आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतका अनुसार, कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौ चर्चित गीत गाएका थापाको प्रस्तुति रहने भएको छ । त्यसैगरी कन्सटमा खरेल एण्ड परम्परा ब्याण्डको विशेष प्रस्तुति रहनेछ ।

अध्यक्ष महतका अनुसार, दुर्गश र प्रमोद खरेलले पहिलो पटक एउटै कन्सर्टमा देखिने छन् । चर्चित जोडि एकै स्थानमा हेर्ने मौका भक्तपुर लगायतका स्थानीयवासीलाई उपलव्ध हुन लागेको अध्यक्ष महतले बताए । कन्सर्टमा खरेलले झ्यालबाट हेरलगायतका चर्चित गीत सुन्न सकिने छ ।

कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी दुई सय ५० र पाँच सय रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको भनाई छ । विगत १२ वर्षदेखि आयोजना हुंदै आएको दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव करिव एक लाख दर्शकले अवलोकन गरिसकेका छन् ।

+ posts

 

 

ताजा
1 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
2 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
3 ASEZ WAO द्वारा कोहलपुरमा ‘Green Earth’ अभियान सम्पन्न
4 विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार माइतीघरमा ऐक्यवद्धता र्‍याली
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न