कपनमा १,८९१ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

कपनमा १,८९१ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
कपनमा १,८९१ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं, बैशाख १४ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १,८९१ औं विश्वव्यापी रक्तदान कार्यक्रम सोमबार कपनमा सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २५० जनाको सहभागितामध्य १०० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले खुलेर परमेश्वरको मण्डलीको प्रशंसा गर्नुभयो। यो संस्था सामान्य संस्था होइन यो देश र समाजको लागि यो संस्थाको निकै आवश्यकता रहेको भन्दै परमेश्वरको मण्डलीको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि अर्जुन नर सिंह के सी प्रतिनिधिसभा सभा सदस्य, बुद्धि तामाङ कलाकार, गणेश शाही लेखक तथा कलाकार, गोपीराज धमला Subisu internet private limited RF operation department head, सुमन राई राष्ट्रिय खेलाडी र राज सरगम पत्रकार आदिको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

मण्डलीका एक अधिकारीका अनुसार, “नयाँ करार निस्तार-चाडचाहिँ येशूज्यूले क्रूसको बलिदानद्वारा मानवजातिलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको चाड हो । ख्रीष्टले उदाहरण देखाउनुभएको ‘जीवन बचाउने प्रेम’को अनुकरण गर्नका लागि रगतदान कार्यक्रम आयोजना गरेका हौं ।”  “यो कार्यक्रमले रोग तथा दुर्घटनाका कारण समस्यामा परेका बिरामीहरूलाई बचाउनका साथै रक्तदानको संस्कृति फैलाउनमा योगदान पुऱ्याउनेछ भन्ने आशा गर्दछु ।” ‘निस्तार-चाड (Passover) ’चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको बाइबलमा भएको परमेश्वरको चाड हो । निस्तार-चाडको दिनचाहिँ येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रातमा आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो ।

‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी रूपमा आयोजना हुने जीवन बाँड्ने गतिविधि हो । मण्डलीले सन् २००५ कोरियाबाट सुरु गरेर गत २० वर्षदेखि ६७ वटा देशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा लगभग ३,१०,००० जना सहभागी भएका छन् र १,३४,००० जनाले रक्तदान गरेका छन् (सन् २०२५ सम्म) । १ जनाको रक्तदानले ३ जनाको जीवन बचाउन सक्ने कुरालाई विचार गर्दा, योचाहिँ करिब ४,०२,००० जनाको अमूल्य जीवन बचाउन सफल उपलब्धि हो ।

ख्रीष्टको प्रेमको उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले छिमेकी तथा समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ ।  नेपालमा पनि मण्डलीले भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार, नयाँ विद्यालय भवन निर्माण सहयोग, रक्तदान कार्यक्रम, वातावरण सरसफाइ लगायत विभिन्न स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दैआएको छ ।  मण्डलीले काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्ज क्षेत्रका वन, खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गरेर जनकल्याण प्रवर्धनमा योगदान पुऱ्याएको छ । त्यसै गरी कार्बन उत्सर्जन कम गर्ने पहल ‘आशाको वन’ अभियानमार्फत जैविक विविधताको संरक्षण गर्न मण्डलीले नेपालभरि करीब १,१५० वटा वृक्षहरू रोपेको छ । नेपालमा गत डिसेम्बर महिनासम्म ५४,१५३ जनाले ९८९ वटा विभिन्न सामाजिक योगदानका गतिविधिहरू गरेका छन् । यस किसिमको मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।

विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापित परमेश्वरको मण्डलीले बाइबलले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर” भन्ने ख्रीष्टको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम जस्ता सामाजिक योगदानका गतिविधिहरू विश्वभरि ४४,००० भन्दा बढी आयोजना गरिसकेको छ । यस्तो समर्पित प्रयासका लागि, मण्डलीलाई तीन वटा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, तीन वटा दक्षिण कोरियाली राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड र ब्राजिल विधायिकी योग्यता पदक गरी ५,६०० वटाभन्दा अवार्डद्वारा सम्मानित गरिएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x