आज भारी वर्षा र हावाहुरीको सम्भावना सतर्क रहन अपिल | Jana Aawaj News

आज भारी वर्षा र हावाहुरीको सम्भावना सतर्क रहन अपिल

पढ्न लाग्ने समयः < 1 मिनेट
आज भारी वर्षा र हावाहुरीको सम्भावना सतर्क रहन अपिल : Jana Aawaj News
photo file

भक्तपुर। नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीले मुलुकभरको मौसममा बदली रहने बताएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने बताएको छ। यसैगरी तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने देखिएको छ।

बुधबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ। राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा र तराईका केही भागमा हावाहुरीको जोखिम रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेकाले महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ। कृषि, स्वास्थ्य र दैनिक जनजीवनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सावधानी अपनाउन महाशाखाले बताएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न