कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर, ४ वर्षयताकै उच्च मूल्य | Jana Aawaj News

कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर, ४ वर्षयताकै उच्च मूल्य

पढ्न लाग्ने समयः < 1 मिनेट
कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर, ४ वर्षयताकै उच्च मूल्य : Jana Aawaj News

एजेन्सी । पश्चिम एसियामा जारी तनाव र युद्धका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । हाल प्रति ब्यारेल १२० डलर पुगेको छ। पछिल्लो तथ्याङ्कअनुसार ुब्रेन्ट क्रुडुको मूल्य ११९।७६ डलरसम्म पुगेको छ, जुन जुन २०२२ पछिको सबैभन्दा महँगो दर रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा सैन्य नाकाबन्दी जारी राख्ने घोषणा गरेपछि तेल बजारमा हलचल मच्चिएको हो। ट्रम्पका अनुसार इरानले आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता नगरेसम्म यो नाकाबन्दी हट्ने छैन। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्ग ुस्ट्रेट अफ हर्मुजु मा जारी तनावका कारण आपूर्तिमा अनिश्चितता बढेको छ।

तेलको मूल्य वृद्धिलाई लिएर इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले व्यङ्ग्य गर्दै अबको लक्ष्य १४० डलर हुने बताएका छन्। उनले ट्रम्पलाई आफ्नै सल्लाहकारहरूले गलत सुझाव दिइरहेको दाबी गरे।इरानले अमेरिकामाथि आफ्ना जहाज जफत गरेको र ३८ लाख ब्यारेल तेल कब्जा गरेको भन्दै संयुक्त राष्ट्रसंघमा उजुरी दर्ता गरेको छ। अर्कोतर्फ, अमेरिकाले विगत दुई महिनामा इरानसँगको युद्ध र सैन्य परिचालनमा मात्रै २५ अर्ब डलर खर्च गरिसकेको छ। अमेरिकी रक्षा मन्त्रालयका अधिकारी जुल्स डब्लु। हर्स्टका अनुसार यो रकमको ठूलो हिस्सा हतियार, मिसाइल र गोलाबारुदमा खर्च भएको छ। यसैबीच, ट्रम्पले राइफल बोकेको तस्बिर सेयर गर्दै इरानलाई चेतावनी दिएका छन्। उनले लेखेका छन्–नो मोर मिस्टर नाइस गाई अर्थात् अब म उदार हुने छैन ।
यस्तै स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इरान युद्धमा अमेरिकाको कुनै स्पष्ट रणनीति नदेखिएको टिप्पणी गरेका छन्।

(एजेन्सीकाे सहयाेग)

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न