सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु | Jana Aawaj News

सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, बैशाख २४ गते । सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु भएको छ । सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा आजबाट सूर्यविनायक नगरपालिका वडा नं । ८ हेल्दी फुटसलमा शुरु भएको छ ।

उक्त कार्यक्रम बैशाख २४, २५ र २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको २६ गते अपरान्ह नगर प्रमुख वासुदेव थापाको प्रमुख आतित्थ्यतामा हुने समापन कार्यक्रममा विजयी टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा जिल्ला भरिबाट २५ वटा टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिदै सदस्य सचिव थापाले प्रथम हुने टिमलाई नगद रु । ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा दाश्रो हुने टिमलाई रु ।३० हजार, तेश्रो हुने टिमलई रु । २० हजार, सान्त्वना हुने टिमलाई रुं १० हजार नगद, शिल्ड, मेठल र प्रमाण प्रदान गरिने भएको छ ।

त्यस्तै उत्कृष्ठ खलाडीलाई रु । १० हजार, उत्कष्ठ गोलकिपरलाई रुं २० हजार, उच्च अर्थात सबभन्दा बढी गोलकर्तालाई रु । १० हजार नगद पुरस्कारसहित मेठल र प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगिता २६ गते अपरान्ह पुरस्कार वितरण गरि सम्पन्न हने बताइएको छ ।

+ posts

 

 

ताजा
1 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
2 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
3 ASEZ WAO द्वारा कोहलपुरमा ‘Green Earth’ अभियान सम्पन्न
4 विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार माइतीघरमा ऐक्यवद्धता र्‍याली
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न