
भक्तपुर । सूर्यवनिायक नगरपालकिाले आयोजना गरेको सूर्यवनिायक मेयर कप जल्लिा स्तरीय फुटसल प्रतयिोगतिा-२०८३’ को उपाधी पाण्डुबजार एफसीले हात पारेको छ ।
शनबिार सम्पन्न फाइनल खेलमा हेल्दी फुटसललाई ट्राइब्रेकरमा २-१ गोलअन्तरले पराजति गर्दै पाण्डुबजार एफसी च्याम्पयिन बनेको हो । नर्धिारति समयमा दुवै टोलीबाट गोल हुन नसकेपछ खेलको नर्णिय ट्राइब्रेकरबाट गरएिको थियाे ।

प्रतियाेगितामा भवष्यि फाउन्डेसनले सूर्यवनिायक-१ लाई ६-२ गोलले हराउँदै तेस्रो स्थान हासलि गर्यो भने सूर्यवनिायक-१ सान्त्वनामा सीमति बन्यो । प्रतियाेगिताकाे विजेता टोली पाण्डुबजार एफसीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपवजिेता टोलीले ३० हजार, तेस्रो हुने टोलीले २० हजार तथा सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी निर्विकि थापा, उत्कृष्ट गोलकपिर सबनि जोशी श्रेष्ठ तथा सर्वाधिक गोलकर्ता विवेक कवाङ घोषित भएका थिए । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई सूर्यवनिायक नगरपालकिाका नगर प्रमुख बाशुदेव थापाले शिल्ड, पदक तथा नगद पुरस्कार वितरण गरेका थिए । सो अवसरमा राष्ट्रिय फुटसल खेलाडी अन्जली मचामसीलाई पनि सम्मान गरिएको थियाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालकिामा खेलकुद विकास समिति गठन भएपछि खेलकुद गतिविधि बढेको बताएका थिए । आगामी वर्ष विभिन्न खेलका प्रशक्षिण कार्यक्रम सञ्चालन गरी खेलकुद क्षेत्रलाई थप सक्रिय बनाइने उहाँले बताउनुभयाे ।
सूर्यवनिायक नगरपालकिा र नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा सूर्यवनिायक-८ स्थित हेल्दी फुटसलमा तीन दिनसम्म सञ्चालन भएको प्रतियाेगितामा जिल्लाका विभिन्न क्लबका २५ टोलीको सहभागिता रहेको नगर खेलकुद वकिास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयाे ।
समापन कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानोकाजी कायस्थ, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायतको उपस्थिति रहेको थियाे ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 354971










