ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले साेमबार ‘Green Earth’ परियोजना अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।  जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले  ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर-१३ स्थित झरुवारासी वनमा वृक्षारोपण कार्यक्रम गरेको हो । कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष, सचिव र बाँडेगाउँ प्रहरी निरीक्षक साथै ASEZ WAO का सदस्यहरू गरी करिब ६० जनाको उत्साहजनक सहभागिता थियो।

बिहान ८ बजेदेखि सुरु भई करिब २ घण्टासम्म चलेको उक्त गतिविधिमा स्वयंसेवकहरूले करिब १०० वटा बोटबिरुवाहरू रोपेका थिए। उक्त कार्यक्रममा गोदावरी मण्डलीका मण्डली प्रमुख शम्भु श्रेष्ठज्यूले “ASEZ WAOको परिचय दिनुहुँदै जलवायु परिवर्तनले अत्याधिक सुक्खा, अत्याधिक हिम संखलन भई समुद्र सतह वृद्धि हुने गर्मी बाढी पहिरो भूकम्प जस्ता प्राकृतिक प्रकोपहरू हुने गर्छ। जसले गर्दा  धेरै ठूलो मात्रामा धनजनको क्षति भइरहेको छ। यसको प्रमुख समाधान अथवा जलवायु परिवर्तन रोकथामको ठूलो उपाय भनेको वृक्षारोपण हो। सबैले आफ्नो क्षेत्रबाट यसमा योगदान गर्न आह्वान गर्न चाहन्छु। “भनेर भन्नुभयो।

साथै गोदावरी नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष भास्कर थापाले पनि “ASEZ WAOलाई धन्यवाद ज्ञापन गर्नुहुँदै प्रशंसा गर्नुभयो। र आगामी दिनहरुमा पनि यस्तै गतिविधिहरु गर्न प्रोत्साहन दिनुहुँदै, जनक्षेत्रबाट पनि सहभागी हुनको निम्ति आह्वान गर्नुभयो। ASEZ WAO लाई सधैं समर्थन रहने कुरा बताउनुभयो।

र गोदावरी नगरपालिका वडा नम्बर १३ का सचिव सविन सुवेदीले पनि ASEZ WAOको खुलेर प्रशंसा गर्नुभयो। आजको यो कार्यक्रममा सहभागी हुनु पाउँदा खुसी भएको र ASEZ WAO  लाई आगामी दिनहरूको लागि शुभकामना दिनुभएकाे थियो।

+ posts

 

 

ताजा
1 गुण्डुमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयवासीले खोजे चुनाबमा मात्रै मुख देखिएको संघीय सांसद खोई ?
2 इडेन गार्डेनमा विद्यार्थी निर्वाचन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न
3 १ दिनमा एक हजार २ सय ९९ सवारीचालक कारबाहीमा
4 ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना, साथै सरसफाइ गतिविधि सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न