
जन आवाज न्युज/काठमाडौँ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले सोमबार काठमाडौँको सामाखुशी, टोखास्थित सुप्रिम कलेजको सहकार्यमा कलेज आसपासको सडकमा ‘ASEZ Blue Carbon’ अभियान अन्तर्गत ‘Blue Campus Week’ वातावरण सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ASEZ का सदस्यहरू, सुप्रिम कलेजका शिक्षक तथा विद्यार्थीहरू गरी करिब ६० जनाको उत्साहजनक सहभागिता थियो । ‘ASEZ Blue Carbon’ अभियानचाहिँ प्रदूषित क्याम्पस तथा खोला वरपरका सडक सफा गरी स्वस्थ समुद्री पारिस्थितिक प्रणाली संरक्षण गर्ने एक विश्वव्यापी अभियान हो।

सक्रिय सहभागिता र उपलब्धि
बिहान ७.३० बजेदेखि सुरु भई करिब १.५ घण्टासम्म चलेको उक्त गतिविधिमा स्वयंसेवकहरूले करीब १ किलोमिटर क्षेत्र सफा गरेका थिए। विश्वविद्यालय विद्यार्थीहरूको सक्रियता र सेवाभावले सडकको वातावरणमा सकारात्मक परिवर्तन देखिएको थियो । उनीहरूले सडकमा फ्याँकिएका प्लास्टिकका कप, झोला, चुरोटका ठुटा र बक्स लगायतका सबै प्रकारका फोहोरहरू सङ्कलन गरे। सो क्रममा २० लिटर क्षमताका १० वटा प्लास्टिकका झोला फोहोरले भरिएको थियो।
ASEZ का एक अधिकारीले भने, “यदि प्रदूषण क्याम्पसबाट वा समाजबाट सुरु हुन्छ भने, समुद्रसम्म पुग्न नदिइ त्यसलाई यहीँ रोक्नपर्छ। परिवर्तन धेरै टाढाबाट सुरु हुँदैन । यो यहीँबाट र हामीबाटै सुरु हुन्छ । यो सानो प्रयासले छिमेकीहरूमा वातावरणीय चेतना जगाउन र स्वच्छ पृथ्वी तथा मानवजातिको सुखद भविष्य निर्माणमा ठोस आधार बनोस् भन्ने हाम्रो चाहना हो।”
स्थानीय जनप्रतिनिधिको सराहना
विद्यार्थीहरूलाई प्रोत्साहन दिन उपस्थित हुनुभएका टोखा नगरपालिका वडा नं. १० का अध्यक्ष मचाकाजी महर्जनले भन्नुभयो, “यस कार्यक्रमको माहोले मलाई खुशी बनाएको छ र टोखा वडा नं. १० मा यस्तो सन्देशमूलक कार्यक्रम गरिदिनुभएकोमा धन्यवाद र शुभकामना व्यक्त गर्दछु।” त्यसैगरी, सुप्रिम कलेजका क्याम्पस प्रमुखले जनचेतनामूलक कार्यको प्रशंसा गर्दै कलेज परिवारको तर्फबाट कृतज्ञता प्रकट गर्नुहुँदै मायाको चिनो प्रदान गर्नुभयो ।
सहभागी राजनले समुद्री पारिस्थितिक प्रणालीको महत्त्वको बारेमा चर्चा गर्दै प्लास्टिकमुक्त भविष्य निमार्ण गर्ने कार्यमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्नुभयो भने अर्की सहभागी समृतिले यस अभियानमा जोडिन पाउँदा गर्व महसुस भएको बताउनुभयो।
ASEZ र यसका विश्वव्यापी गतिविधिहरू
‘Save the Earth from A to Z’ (पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔँ) भन्ने वाक्यांशको संयोजनबाट ASEZ नामाकरण गरिएको हो। यसको अर्थ ‘सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔँ’ भन्ने हुन्छ।
वातावरण संरक्षणका लागि ASEZ ले ‘Blue Carbon’ अभियान सँगसँगै ‘Crime Prevention’ (अपराध रोकथाम) अभियान, र ‘Climate Change Response’ (जलवायु परिवर्तन प्रतिक्रिया)अभियान जस्ता विभिन्न अभियानहरू विश्वभर सञ्चालन गरिरहेको छ। यो परोपकारी कार्यको कदरस्वरूप UNCCD को कार्यकारी सचिवबाट अवार्ड, अमेरिकी राष्ट्रपति स्वर्ण स्वयंसेवा अवार्ड, ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड लगायत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त भइसकेका छन्। नेपालमा पनि ASEZ ले काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका देशका विभिन्न स्थानमा निरन्तर सरसफाइ तथा वातावरणीय सेमिनारहरू आयोजना गर्दै आएको छ।
परमेश्वरको मण्डलीको सेवा यात्रा
ASEZ आबद्ध रहेको परमेश्वरको मण्डली विश्वका १७५ देशका ७,८०० भन्दा बढी स्थानमा फैलिएको छ। करिब ४० लाख विश्वासीहरू रहेको यस मण्डलीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्दै ‘छिमेकीलाई आफूलाई झैँ प्रेम गर्ने’ ख्रीष्टको शिक्षालाई व्यवहारमा उतारिरहेको छ।
नेपालमा मात्रै हालसम्म मण्डलीका ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन्। विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, रक्तदान र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू हालसम्म ४७,००० पटकभन्दा बढी सम्पन्न भएका छन्।
परमेश्वरको मण्डलीले नि:स्वार्थ सेवाको कदरस्वरूप विश्वभरबाट ५,८०० भन्दा बढी सम्मान प्राप्त गरेको छ। जसमा अमेरिकी राष्ट्रपतिको स्वयंसेवा अवार्ड (४ पटक), बेलायती महारानी स्वयंसेवा अवार्ड, र दक्षिण कोरियाको राष्ट्रपति अवार्ड (३ पटक) जस्ता प्रतिष्ठित पुरस्कारहरू सामेल छन्। साथै, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड र राष्ट्रिय सभाको सम्मान पदक सहित संस्थाले ग्रीन वर्ल्ड र ग्रीन एप्पल जस्ता अन्तर्राष्ट्रिय वातावरणीय अवार्डहरू समेत प्राप्त गरिसकेको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 355668










