
जन आवाज न्युज/भक्तपुर, जेठ १ गते । चखुँतीर्थ दधिकोट यातायात प्रा.लि. ले आजदेखि विधिवत रूपमा विद्युतीय माइक्रो बस सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय यात्रुहरूलाई सहज, सुलभ तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले सेवा सुरु गरेको जनाएको छ।
सुरुवाती चरणमा सीमित संख्यामा भ्ख् माइक्रो सञ्चालनमा ल्याइएको यातायात समितिले जानकारी दिएको छ। हालका लागि माइक्रो सेवा दधिकोटको तर्खगालबाट सञ्चालन भई न्यौपाने गाउँ, गाम्चा, चित्रपुर राजकुलो, बालकोट पानी ट्याङ्की तथा ल कलेज हुँदै थिमीसम्म पुग्नेछ। फर्किँदा पनि सोही रुट प्रयोग गरिने र पछि अन्यरुटबाट पनि माईक्रो चलाईने बताइएको छ।

स्थानीयवासीले लामो समयदेखि दधिकोट क्षेत्रबाट सहज र नियमित सार्वजनिक यातायात सेवाको माग गर्दै आएका थिए। भ्ख् माइक्रो सञ्चालनमा आएपछि विद्यार्थी, कर्मचारी, व्यवसायी तथा दैनिक आवतजावत गर्ने यात्रुहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
यातायात समितिका अनुसार अबको केही दिनभित्रै सेवा विस्तार गरी काठमाडौंको रत्नपार्कसम्म नियमित भ्ख् माइक्रो सञ्चालन गर्ने तयारी भइरहेको छ। यसले दधिकोट तथा आसपास क्षेत्रका यात्रुहरूलाई काठमाडौं आवतजावतमा थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।
विद्युतीय सवारी सञ्चालनले वातावरण प्रदूषण घटाउन सहयोग पुग्ने तथा आधुनिक र स्वच्छ यातायात प्रणाली विस्तारमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा रहेको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related











Total views : 356198









