तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान | Jana Aawaj News

तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान

पढ्न लाग्ने समयः < 1 मिनेट
तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेठ, ११ गते । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे क्षेत्र भित्र “तिर्खा मेटाउनको लागि सानो प्रयास अभियान” अन्तर्गत नि:शुल्क पिउने पानी वितरण कार्यको सुरुवात गरिएको छ। समाजसेवी सुरेश अच्छामी र किशोर नेपालको सक्रिय पहलमा सार्वजनिक स्थल, मन्दिर परिसर, बस स्टप, जेष्ठ नागरिक पार्क लगायतका स्थानहरूमा पिउने पानी स्टेशन स्थापना गरिएको हो।

बढ्दो गर्मीयाममा बाटोमा हिँड्ने बटुवा, जेष्ठ नागरिक, बालबालिका, महिला तथा सर्वसाधारण नागरिकलाई सहज र सरल रूपमा स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

समाज परिवर्तनका लागि ठूला कार्यक्रम मात्रै आवश्यक हुँदैनन्, साना-साना सकारात्मक प्रयासहरूले पनि ठूलो सन्देश दिन सक्छन् भन्ने उदाहरण यस अभियानले प्रस्तुत गरेको छ। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनासहित सुरु गरिएको यस अभियानले सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण स्थापित गरेको छ।
यस प्रकारका सकारात्मक र जनमुखी कार्यले समाजमा सहयोग, सद्भाव र सेवाभावको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

आगामी दिनहरूमा समेत यस्ता अभियानलाई थप विस्तार गर्दै लैजाने अभियानकर्ताहरूले बताएका छन्।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न