तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान | Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']

तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान

पढ्न लाग्ने समयः < 1 मिनेट
तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेठ, ११ गते । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे क्षेत्र भित्र “तिर्खा मेटाउनको लागि सानो प्रयास अभियान” अन्तर्गत नि:शुल्क पिउने पानी वितरण कार्यको सुरुवात गरिएको छ। समाजसेवी सुरेश अच्छामी र किशोर नेपालको सक्रिय पहलमा सार्वजनिक स्थल, मन्दिर परिसर, बस स्टप, जेष्ठ नागरिक पार्क लगायतका स्थानहरूमा पिउने पानी स्टेशन स्थापना गरिएको हो।

बढ्दो गर्मीयाममा बाटोमा हिँड्ने बटुवा, जेष्ठ नागरिक, बालबालिका, महिला तथा सर्वसाधारण नागरिकलाई सहज र सरल रूपमा स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

समाज परिवर्तनका लागि ठूला कार्यक्रम मात्रै आवश्यक हुँदैनन्, साना-साना सकारात्मक प्रयासहरूले पनि ठूलो सन्देश दिन सक्छन् भन्ने उदाहरण यस अभियानले प्रस्तुत गरेको छ। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनासहित सुरु गरिएको यस अभियानले सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण स्थापित गरेको छ।
यस प्रकारका सकारात्मक र जनमुखी कार्यले समाजमा सहयोग, सद्भाव र सेवाभावको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

आगामी दिनहरूमा समेत यस्ता अभियानलाई थप विस्तार गर्दै लैजाने अभियानकर्ताहरूले बताएका छन्।

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
[banner group='sidebar-top']
ताजा
1 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
2 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
3 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
4 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']
0
Would love your thoughts, please comment.x
()
x