ASEZ द्वारा बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न | Jana Aawaj News

ASEZ द्वारा बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
ASEZ द्वारा बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं, १४ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न गरेको छ ।

न्यूटन इन्टरनेसनल कलेजको सहकार्यमा आज बागमती नदी किनारमा ‘सन् २०२६ विश्वव्यापी निलो कार्बन पारिस्थितिक प्रणाली संरक्षण पहल’को एक हिस्सास्वरूप वातावरण सरसफाइसँगै जनचेतनामूलक अभियान सञ्चालन गरिएको थियो । यो गतिविधि, जलवायु संकटविरुद्ध प्रतिक्रिया दिने मुख्य स्रोत रहेको निलो कार्बन समुद्री पारिस्थितिक प्रणालीद्वारा भण्डारण र अवशोषित हुने कार्बनको महत्त्व जानकारी गराउन र पारिस्थितिक प्रणालीको संरक्षण गर्नको निम्ति तयार पारिएको हो । ‘विश्व महासागर दिवस’ जुन ८ तारिखसम्म अभियानलाई निरन्तरता दिइनेछ ।

संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रम (UNEP) का अनुसार समुद्री प्लास्टिकको करिब ८० प्रतिशत भाग जमिनबाट उत्पन्न हुन्छ, र विशेष गरी बाक्लो जनघनत्व भएको क्याम्पस क्षेत्र प्लास्टिक उत्सर्जन व्यवस्थापनमा अझ बढी ध्यान दिनुपर्ने ठाउँ हो । यसकारण, ASEZ ले प्लास्टिकजन्य फोहोरहरू जमिनबाट समुद्रमा बग्ने प्रक्रियालाई रोक्नको लागि विश्वविद्यालयका क्याम्पसहरूका साथै नदी, जलाशय र तटीय क्षेत्रहरू जस्ता सम्पूर्ण क्षेत्रबाट प्लास्टिक फोहोर संकलन गर्दछ र नागरिकहरूको चेतना अभिवृद्धि गर्ने गतिविधिहरू पनि साथसाथै सञ्चालन गर्दछ ।

यस दिनको कार्यक्रममा ASEZ का करिब १०० जना र कलेजका विद्यार्थी र शिक्षक गरी कुल १३० स्वयंसेवकहरू सहभागी भएका थिए । उनीहरूले न्युटन इन्टरनेसनल कलेजबाट सुरु गरेर नारायणटार पुलहुदैँ शिब चोकसम्म फैलिएको करिब २ किलोमिटर क्षेत्रमा सरसफाइ गतिविधि सञ्चालन गरेका थिए । बजार क्षेत्र भएकाले फोहोर धेरै निस्कने र मानिसहरूको आवतजावत धेरै हुने नदी किनारका क्षेत्रहरूलाई केन्द्रित गर्दै उनीहरूले प्लास्टिकका कप, प्लास्टिकका बोतल, प्लास्टिकका झोला जस्ता विभिन्न प्रकारका घरेलु फोहोर र अवैध विज्ञापन सामग्रीहरू सङ्कलन गरे, साथै ढल निकास वरपर सरसफाइ गर्दै नदी प्रदूषण नियन्त्रणमा योगदान पुऱ्याएका थिए । कार्यक्रम स्थलमा प्यानल प्रदर्शनी पनि आयोजना गरिएको थियो, जसले नागरिकहरूलाई निलो कार्बन र समुद्री पारिस्थितिक प्रणाली संरक्षणको महत्त्वबारे जानकारी गराइएको थियो ।

ASEZ का एक प्रतिनिधिले “निलो कार्बन पारिस्थितिक प्रणालीको संरक्षण गर्नु भावी पुस्ताका लागि एउटा महत्त्वपूर्ण कार्य हो” भन्दै “वातावरण सरसफाइ र चेतना अभिवृद्धि गतिविधिहरूमार्फत नागरिकहरूसँग मिलेर दिगो वातावरण निर्माणका लागि निरन्तर प्रयास गरिरहनेछौं” भन्नुभयो ।

कलेजका विद्यार्थी सन्तोषीले “स्थानीय समुदायको एक सदस्यको रूपमा हाम्रो टोललाई अझ सफा बनाउन योगदान पुऱ्याउने इच्छा भएकोले यस कार्यक्रममा सहभागी भएको कुरा बताउँदै “विश्वव्यापी रूपमा बढ्दै गइ रहेको यो समस्या समाधानको निम्ति हामीले अहिलेनै कदम नचाले यसको असरको परिणाम हाम्रै पुस्ता र भावी पुस्ताहरूले भोग्नुपर्नेछ” भनी आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो ।

न्युटन इन्टरनेसनल कलेजको तर्फबाट ASEZ को कार्यको उच्च कदर गर्दै प्रशंशा-पत्र पनि हस्तान्तरण गरिएको थियो । न्युटन इन्टरनेसनल कलेजका प्रिन्सिपल दिपेश राज आचार्यले कार्यक्रम स्थलमा उपस्थित भई “नेपाल प्रत्यक्षरूपमा समुद्रसँग नजोडिएको भएपनि नेपालबाट बग्दै समुद्रमा मिसिन जाने ६००० नदीहरूको पारिस्थितिक अवस्था सुधार गर्न सके निलो कार्वन संरक्षणमा ठेलो टेवा पुग्नेछ । समाजमा सकारात्मक प्रभाव पार्ने यस्तो कार्यक्रम हाम्रो कलेजसँग सहकार्य गरि गरिदिनुभएकोमा ASEZ टीमलाइ धन्यवाद” भन्दै क्याम्पस विद्यार्थीहरूको हौसला बढाउनुभएको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नारायण बहादुर सुवदीले पनि “निलो कार्वन सम्बन्धीको समस्या समाधनको निम्ति ASEZ ले सानो तहबाट भएपनि प्रयत्न गरेमा विश्वव्यापीरूपमा फैलदै गइरहेको समस्या समाधान गर्न सकिन्छ र मानिसहरूलाइ जागरुक गर्न सकिन्छ भन्ने कुराको असल उदाहरण देखाएको छ र त्यो कार्यको निम्ति हाम्रो क्षेत्रलाइ छनोट गरिदिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । आगामी समयमा पनि हामी तपाइहरूसँगै सहकार्य गर्नेछौं” भन्दै स्वयंसेवकहरूको हौसला बढाउनुभयो ।

आसेज (ASEZ) ले विश्वका विभिन्न देशहरूमा अपराध रोकथाम, जलवायु परिवर्तन प्रतिकार्य, सामुदायिक सेवा र विपद् राहतका गतिविधिहरूको आयोजना गर्दछ । यस्ता गतिविधिहरूमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याएबापत् आसेजले मरुभूमिकरण विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCCD) महासचिव अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन एप्पल अवार्ड र ग्रीन वर्ल्ड अवार्ड, पेरु राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र जस्ता ५०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

नेपालमा पनि आसेजले विभिन्न गतिविधिहरू सञ्चालन गर्दैआएको छ । फेब्रुअरी महिनामा उनीहरूले त्रिभुवन विश्वविद्यालय, ललितपुरको पुल्चोक क्याम्पस वरिपरि सरसफाइ गतिविधि गरे । वातावरणसम्बन्धी जनचेतना जगाउने मात्र नभएर सामुदायिक भावना अभिवृद्धि गर्नमा पनि आसेजले पहल गऱ्यो । यसअघि आसेजले हर्न निषेध अभियान, शौचालय स्वच्छता सचेतना प्रवर्द्धन अभियान इत्यादि पनि आयोजना गरेको थियो । २०७२ सालमा भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकमा अवस्थित श्री आधारभूत विद्यालय र काभ्रेमा अवस्थित श्री भवानी माध्यमिक विद्यालयको भवन निर्माण गर्नमा पनि आसेज लागिपरेको थियो ।

ASEZ आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करिब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा हालसम्म मण्डलीका ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान र संस्कृति आदानप्रदान जस्ता गतिविधिहरू ४७,००० पटकभन्दा बढी गरिएको छ (सन् २६ मार्चसम्म) । परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,८०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न
2 आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक वडा नं. १० मा सुरु
3 तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान
4 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न