सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’ | Jana Aawaj News

सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’

पढ्न लाग्ने समयः 2 मिनेट
सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’ : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, जेठ २२ गते । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेवासीले विगत नौ वर्षको अबधीमा पर्याप्त विकासले यहाँको मुहार फेरिएको भएपनि खानेपानीको समस्या भने अझै समाधान हुन नसकेको बताएका छन् ।
सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियाशिल पत्रकार मञ्च भक्तपुरले शुक्रबार सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे सामुदायिक भवनमा आयोजना गरेको वडास्तरीय “सार्वजनिक सुनुवाई” कार्यक्रममा सहभागि स्थानीय नागरिकले यहाँको विकासका लागि यहाँको वडाध्यक्षले अहोरात्र खटिएको बताएका हन् ।
कार्यक्रममा कार्यक्रममा वडा अध्यक्ष राजकुमार जोशीले वडाको पूर्वाधार विकासतर्फ ८० प्रतिशत काम सम्पन्न दिगो विकासको लक्ष्य हासिल गरेको बताउदै १० वर्ष अगाडिको यहाँको अबस्था र अहिलेको अबस्था आफैले मूल्यांकन गर्न नागरिकलाई आग्रह गर्नुभयो ।
उहाँले वडामा अधिकांश ठाउँमा सडक पुर्याएको, अधिकांश सडक ढलसहितको कालोपत्र र ढलान गरि सिमा पर्खाल समेत लगाएको र अब बाँकी ११ महिनाको कार्यकालमा बाँकी रहेको कामलाई सम्पन्न गर्ने बताउनुभयो ।
उहाँले यसवर्षको बजेटमा संघीय सरकारले यहाँका सबै बजेट काटेर शून्यमा पुर्याएको भन्दै असार १ गते प्रदेशमा आउने बजेटमा यहाँका ६ वटा ठूला योजनालाई बजेट हाल्ने मन्त्री किरण थापा मगरले प्रतिबद्धता जनाएका बताउनुभयो ।
नेपाल सरकारका सचिव दिने घिमिरेलाई आग्रह गरेपछि उहाँले समावेश गरिदिएको चार करोड बजेटमा अहिले तीन धारा सडक स्तरान्नती लगायतका कामहरु भइरहेको भन्दै उहाँले स्थानीयसंगको ६०÷४० को साझेदारीमा हुने कामका लागि ५० लाख बजेट विनियोजन गरेकोमा पाँच लाख मात्रै खर्च भएको बताउनुभयो ।
नगरपालिकाबाट आउँने वार्षिक करिब तीन करोड ५० लाख बजेट मात्रै पर्याप्त नहुने भएकाले संघ र प्रदेश सरकारबाट पनि बजेट ल्याउने प्रयास भइरहेको भन्दै उहाँे संघले बजेट काटे पनि ल्याउन लागिपरेको बताउनभयो ।
अब थोरै काम मात्रै सम्पन्न गर्न बाँकी रहेको दाबी गर्दै यसअघि पनि पर्वसांसद महेश बस्नेत, दूर्लभ थापा, शशीजंग थापा, किरण थापा मगरसंगको सहयोगमा बजेट ल्याएर काम गरेको वडा अध्यक्ष जोशीले स्मरण गर्नुभयो ।
खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी बढी भन्दा बढी ल्याउने प्रयास जारी भएको, स्थानीय पानीको श्रोतको खोजी भइरहेको बताउदै यहाँका १० हजार घरधुरी मध्ये सात हजारलाई पानी वरतण गरिरहेको र तीन हजाका लागि प्रयास भइरहेको बताउनुभयो ।
नगरपालिकाले असार ९ र १० गते ल्याउने बजेटमा आयाजना समावेश गर्न टोलटोलबाट योजना माग गरेकोमा ६ वटा भन्द बढी निवेदन नपरेको बताउनुभयो ।
उहाँले सबै मिलेर बिकासमा हातेमालो गर्न तर अिनावश्क बिरोध गर्ने र विकास रोक्न खोज्ने प्रयास कसैले गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रहरी प्रभाव कटुञ्जेका प्रहरी नायब निरिक्षक नेत्रबहदुर कार्कीले चोरी न्यूनिकरणका लागि प्रहरीले गस्ति लगायतका कर्यहरु गरिरहेको बताउदै गडेधारा टोलमा गाजा खाने किशोरहरुलाई करिब ५० जनालाई नियन्त्रणमा एिर परिवारको जिम्मा लगाएको बताउनुभयो ।
कार्यक्रममा स्थानीयवासीहरु रत्न श्रेष्ठ, मिलन कार्की, हरेराम चौगुठी, विरेन्द्र थापा, चिरञ्जिवी पोखरेल, युवराज घिमिरे, शुसिल श्रेष्ठ, प्रदीप श्रेष्ठ, सविना श्रेष्ठ, कविता पोखरेल, अर्चना खरेल, देवीबहदुर बस्नेत, सिमन तामाङ्गलगायतले विकासका पूर्वाधार निर्माण पर्यप्त भएको चर्चा गर्दै शुद्ध खानेपानीको व्यबस्थापन र सुरक्षाका लागि सिसि क्यामरा तथा सडक बत्तिको आवश्यकता स्थानीइ सरकारले सम्बोधन गरिदिन सुझाब दिनु भएको थियो ।

+ posts

 

 

ताजा
1 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
2 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
3 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
4 २४ घण्टामा देशभर दुर्घटनामा परी ९ जनाको मृत्यु, ६६ जना घाइते
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न