ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न | Jana Aawaj News

ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/हेटौंडा । विश्व वातावरण दिवसको दिन शुक्रबार हेटौडा मकवानपुर क्याम्पसमा परमेश्वरका मण्डलीका ASEZ द्वारा ब्लु कार्बन क्याम्पेन सम्पन्न भएको छ।

उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू, शिक्षकहरु र ASEZ का १४ सदस्य सहित करिब ४२ जना व्यक्तिहरूको सहभागिता रहेको थियो। ब्लु कार्वन क्याम्पेनद्वारा वातावरणमा बढ्दै गईरहेको प्लास्टिकजन्य वस्तुहरु कसरी न्युनिकरण गर्न सकिन्छ, त्यसको असर कस्तो हुन्छ भन्नेकुरा थाहा दिदै हामिले दैनिक जीवनमा सजिलै प्रयोग गर्ने प्लास्टिक जन्य सामग्रीहरु पानीको माध्ययमद्वारा सजिलै नदीका क्षेत्रहरूमा ,जलाशयहरूमा पुगेर वातावरणलाई असर गर्छ। ब्लु कार्वनले जलवायू परिवर्तन कम गर्छ। प्लास्टिकजन्य सामग्रीहरू रोकथाम गर्ने कार्य हाम्रो क्याम्पसदेखि सुरुगराै भन्ने अठोटकासाथ कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा क्याम्पसका शिक्षकहरुले हामी सबैको साझा बस्ने थलो यो पृथ्वी सबै मिलेर बचाउनु पर्छ, संसार जतिसुकै विकासतिर अगाडि बढे पनि यदि वातावरणलाई जोगाएनौं भने त्यसको कुनै अर्थ छैन। यहाँहरूको यस्तो प्रयासले हामी सबैलाई हौसला मिल्छ भन्नुहुँदै ASEZ को कार्यप्रति पूर्ण समर्थन जनाउनुभयो।

सहभागी विद्यार्थीहरूले पनि यस्तो कुरा हामीले पहिला खासै ध्यान दिएका थिएनौँ। हाम्रो सानो प्रयत्नले वातावरण स्वच्छ हुन्छ भने यस्तो कार्य हामी किन नगर्ने र अबदेखि गर्नेछौं, समर्थन गर्नेछौं भन्दै खुसी हुनुभयो।

कार्यक्रममा हेटाैडा परमेश्वरका मण्डलीका ASEZ ले क्याम्पेन समाप्त गरेर सोही दिन विद्यालय आसपासका क्षेत्रहरूमा सडक र बाटोमा यत्रतत्र छरिएका प्लास्टिकहरूलाई विद्यार्थीहरूसँगै मिलेर वरपर सरसफाई गर्ने कार्यक्रम पनि सम्पन्न भएको थियो।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न