एस.ई.ई. २०८२ मा इडेन गार्डेन स्कुल नेसनल प्याब्सन भक्तपुर अन्तर्गत शतप्रतिशत नतिजा ल्याउने पहिलो विद्यालय | Jana Aawaj News

एस.ई.ई. २०८२ मा इडेन गार्डेन स्कुल नेसनल प्याब्सन भक्तपुर अन्तर्गत शतप्रतिशत नतिजा ल्याउने पहिलो विद्यालय

पढ्न लाग्ने समयः < 1 मिनेट
एस.ई.ई. २०८२ मा इडेन गार्डेन स्कुल नेसनल प्याब्सन भक्तपुर अन्तर्गत शतप्रतिशत नतिजा ल्याउने पहिलो विद्यालय : Jana Aawaj News
Oplus_16908288

जन आवाज न्युज/ भक्तपुर । एस.ई.ई. २०८२ मा उत्कृष्ट उपलब्धिसहित शतप्रतिशत नतिजा हासिल गर्दै नेसनल प्याब्सन भक्तपुर अन्तर्गत उत्कृष्ट नतिजा ल्याउने एक मात्र विद्यालय इडेन गार्डेन इङ्ग्लिस स्कुल बन्न सफल भएको छ ।

उक्त सफलताको उच्च मूल्याङ्कन गर्दै नेसनल प्याब्सन भक्तपुरले विद्यालयलाई कदर पत्रसहित सम्मान गरेको छ। यो सम्मान सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको सामूहिक मेहनत, समर्पण र विश्वासको प्रतिफल भएको विद्यालयले बताएको छ ।

‘सफलता संयोगले होइन, निरन्तर प्रयास, दृढ सङ्कल्प र अनुशासित अभ्यासले प्राप्त हुन्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै आएको इडेन गार्डेनले एस.ई.ई. सहभागिताको प्रारम्भिक वर्षदेखि नै शतप्रतिशत उत्कृष्ट नतिजाको परम्परा कायम राख्दै आएको छ। विशेषतः एस.ई.ई. २०८१ मा ४.०० जीपीएसहित शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले एस.ई.ई. २०८२ मा पनि शतप्रतिशत उत्कृष्ट नतिजा प्राप्त गरी आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः प्रमाणित गर्न सफल भएको छ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न