विनायक स्कुलमा विश्व वातावरण दिवस मनाइयो | Jana Aawaj News

Bhaktapur Hospital

विनायक स्कुलमा विश्व वातावरण दिवस मनाइयो

पढ्न लाग्ने समयः < 1 मिनेट
विनायक स्कुलमा विश्व वातावरण दिवस मनाइयो : Jana Aawaj News

जन आवाज न्युज/ भक्तपुर । हाम्रो वातावरण हामी संरक्षक, सफा वातावरण हामी रक्षक भन्ने नारालाई मूर्त रूप दिन लागि परेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले शुक्रबार वातावरण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण दिवस मनाएको छ।

फोहोरलाई मोहोर बनाऔं  वातावरण संरक्षणमा चेतना जगाऔं भन्दै विद्यार्थीहरुले विद्यालय परिसर र आसपासका क्षेत्रहरु भुलाखेल, कसमा तुथी र चपाचाेस्थित विश्वविनायक मन्दिर परिसर सरसफाई गरेका थिए।

विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले फोहोरलाई कम्पोस्ट मल बनाउने विधिबाट उद्घाटन गर्नुभएको सो कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र कुमार भट्टराईले कुचो डस्टप्याड र डस्टबिनहरू विद्यालयका हरेक कक्षाका क्लास प्रेसिडेन्टहरुलाई प्रदान गर्नुभएको थियो।

कार्यक्रममा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले हरियो पोशाक लगाएर धिमे बाजा सहित वातावरण सम्बन्धी चेतना जगाउने र्यालीको आयोजना गरी आफैंले घरबाट ल्याएका बिरुवाहरू विद्यालय परिसरमा रोपेका थिए। सो अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले कार्यक्रम भव्य र सभ्य रुपमा सफल रहोस् वातावरण संरक्षण तथा चेतना जागृत गर्ने पवित्र कार्यमा विद्यार्थीहरूको सक्रियता अझ बढेर जाओस् भन्ने शुभकामना सन्देश दिनुभयो ।

कार्यक्रम विनायक इको क्लबको संयोजकत्वमा तथा विनायक प्रेसिडेन्ट क्लबको व्यवस्थापनमा आयोजना गरिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x