मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान | Jana Aawaj News

मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान

पढ्न लाग्ने समयः < 1 मिनेट
मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका-९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ ।

विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालले रोहिणीलाई सम्मानपत्र प्रदान गर्नुभयो ।  विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले रोहिणीलाई रु. ५० हजार र छात्रा सरिना लामालाई रु. १० हजार नगद पुरस्कार प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिनुभयो ।

 

त्यसैगरी, सत्यशक्ति पुस्तक भण्डारका महेश थापा तथा विद्यालयका सह-प्राचार्य राधेश्याम केसीले पनि रोहिणी शिल्पकारलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य सञ्जय खड्काले विद्यार्थीको उत्कृष्ट नतिजामा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथ समान रूपमा महत्वपूर्ण रहने बताउनुभयो। उहाँले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो । साथै, विद्यार्थीको सफलताका लागि निरन्तर खटिएका शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ । मदरल्याण्ड स्कुलले यस वर्षको एसईई नतिजालाई विद्यालयको गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै विद्यार्थीको क्षमता विकास र शैक्षिक उत्कृष्टतामा थप जोड दिने जनाएको छ ।

+ posts

 

 

ताजा
1 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
2 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
3 मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान
4 विनायक स्कुलमा विश्व वातावरण दिवस मनाइयो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न