भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन | Jana Aawaj News

भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन सम्बन्धी बुधबार डेमो प्रदर्शन सम्पन्न भएको छ ।

भक्तपुर जिल्लास्थित सुर्यबिनायकमा रहेको रणेश्वर गणद्वारा उक्त विद्यालयमा नेपाली सेनाका टोलीले प्राकृतिक तथा मानवीय विपद्का समयमा अपनाउनुपर्ने सुरक्षा उपाय, उद्धार कार्य, प्राथमिक उपचार तथा आपत्कालीन अवस्थामा गरिने व्यवस्थापनका बारेमा व्यावहारिक प्रदर्शन गरिएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले उत्साहजनक सहभागित रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थी तथा समुदायमा विपद् व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै आपत्कालीन परिस्थितिमा आवश्यक सीप र ज्ञान प्रदान गर्नु रहेको नेपाली सेनाले बताएको छ।

यसैगरी विपद् व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम आफ्नो विद्यालयमा आयोजना गर्नुभएकोमा रणेेेश्वर गणका नेपाली सेनाहरुको टोलीलाई विद्यालयका प्रधानाध्यापक बिक्रम थापाले विद्यार्थीहरुलाई यस किसिमको कार्यक्रमले विपदको समयमा भविस्यमा यसले ठूलो सहयोग मिल्ने भएकोले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
2 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
3 मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान
4 विनायक स्कुलमा विश्व वातावरण दिवस मनाइयो
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न