वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य | Jana Aawaj News

Bhaktapur Hospital

वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य

पढ्न लाग्ने समयः < 1 मिनेट
वान डे क्रिकेट एकेडेमीसँग विनायकको सहकार्य : Jana Aawaj News

मध्यपुर ठिमी, भक्तपुर । विद्यार्थीहरूलाई पढाइका साथसाथै खेलकुदका माध्यमबाट पनि उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिने उद्देश्यले लागि परेको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतनले यही २०८३ साउन २२ गते मूलपानी काठमाडौँ अवस्थित वान डे क्रिकेट एकेडेमीसँग वार्षिक क्रिकेट खेलकुद कार्यक्रम प्रशिक्षणका लागि सम्झौता गरेको छ।

वान डे क्रिकेट एकेडेमी परिसरमा हरेक आइतबार इन्डोर र आउटडोर क्रिकेट प्रशिक्षण गरी विद्यार्थीहरुलाई क्रिकेट खेलमा पारङ्गत गराउने सो सम्झौताको उद्देश्य रहेको बताइएको छ। सम्झौता अनुसार विनायक शिक्षा निकेतन ठिमीमा अध्ययन गर्ने विद्यार्थीहरू हरेक आइतबार सो एकेडेमीमा प्रशिक्षण गर्नेछन् र प्रशिक्षणका क्रममा प्रयोग हुने सम्पूर्ण सामग्री क्रिकेट एकेडेमीले विद्यार्थीहरुलाई प्रदान गर्नेछ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात् विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हाल विश्वका अधिकांश मानिसहरूका बीचमा लोकप्रिय हुँदै आएको क्रिकेट खेल लाई विकास गर्न र क्रिकेट प्रतिको विद्यार्थीहरूको रुचिलाई मध्यनजर गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गर्दै व्यावसायिकतातर्फ सम्पूर्ण विद्यार्थीहरू लम्कन सकुन् भनी शुभकामना दिनुभयो।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
2 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
3 दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचामा चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला सम्पन्न
4 आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x