परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/पाँचथर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज फिदिम मण्डलीद्वारा बिहिबार फिदिम नगरपालिका वडा नम्बर २ नयाँ बसपार्कको करिब १ किलोमिटर आसपास सडक सरसफाई सम्पन्न गरेको छ ।

परमेश्वरको मण्डलीले, अन्तर्राष्ट्रिय समुदायले लिएको दिगो वातावरण संरक्षण कार्यमा सहभागी भएर वातावरणीय चेतना र अभ्यासलाई कार्यान्वयन गर्न तथा स्थानीय समुदायको निम्ति गतिविधिहरू सञ्चालन गरेर वर्तमान पुस्ता र भावी पुस्ताको निम्ति स्थानीय समुदायमा जनचेतना तथा योगदान पुर्याउन विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 

उक्त कार्यक्रममा फिदिम नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिनानाथ अधिकारीले, वास्तवमा यो स्थानिय सरकारको कर्तव्य हो तर यहाँहरु आफै जुट्नु भएर मनैदेखि गर्छु भन्ने धारणाद्वारा कार्यक्रमको आयोजना गर्नुभएको छ, म यहाँहरू प्रति एकदमै आभारी छु भन्नुहुँदै आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सरसफाइ कार्यक्रममा उक्त स्थानमा रहेको विद्यालयका प्रधानाध्यापक तथा स्थानीय बासिन्दाहरूले स्वयंसेवकहरूको सहभागिता प्रति सकारात्मक प्रतिक्रिया दिनुभएको थियो ।

विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको परमेश्वरको मण्डली विश्वव्यापी मण्डली हो। पञ्जीकृत सदस्य संख्या ३७ लाख भन्दा बढि रहेको परमेश्वरको मण्डलीका सन्तहरूले परमेश्वरको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ३०,००० पटकभन्दा बढि सञ्चालन गरिसकेको छ ।

विश्वव्यापी समाजसेवा योगदानको कदरस्वरूप मण्डलीले संयुक्त राज्य अमेरिकाका तीन सरकारहरूबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपति अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ब्राजिलको विधायिकी पदक, पेरुको राष्ट्रिय सभा पदक आदि ५,००० भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी मण्डलीको कार्यमा समर्थन जनाएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा फिदिम नयाँ बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न
2 गुण्डूको कुखुरा फार्ममा आगलागी, पन्ध्र सय कुखुराका चल्ला जलेर नष्ट
3 क्रियाशील पत्रकार मञ्चको आयोजनामा मध्यपुर थिमी नगरपालिकाको विकास र उपलब्धिबारे अन्तरक्रिया सुरू ​
4 ASEZ WAO द्वारा थानकोटको मङ्गलोदय माध्यामिक विद्यालयमा ‘प्लास्टिकमुक्त २०४०’ सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न