प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग | Jana Aawaj News

प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग : Jana Aawaj News
भक्तपुर, भदौ २२ गते । २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल र ख्वप अस्पतालले एक मुस्ट रु. ७५ लाख ७१ हजार ६७९।५२ पैसा आर्थिक सहयोग गरेको छ ।
रसुवाको भोटेकोशी बाढीपीडितका भक्तपुर नगरपालिकाको तर्फबाट रु. ३० लाख, नगरपालिकाका स्थायी र करार कर्मचारीतर्फबाट रु. १७ लाख ७९ हजार ९८७, सफाइ ठेकेदार र ज्यालादारी तर्फबाट रु. १ लाख ६८ हजार ५३१, जनप्रतिनिधिको तर्फबाट रु. १ लाख, प्रधानमन्त्री रोजगार युवा उद्यम कार्यक्रमतर्फबाट रु. १७ हजार ५७२ आर्थिक सहयोग गरेको छ ।
त्यस्तै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले रु. १ लाख ९५ हजार ५५६.५२, ख्वप माविले ६ लाख ६२ हजार १६६, ख्वप कलेज अफ ल ले ४४ हजार ६६, ख्वप इन्जिनियरिङ कलेजले रु. ४ लाख १३ हजार ५००, ख्वप कलेज अफ इन्जिनियरिङले रु. ३ लाख ४४ हजार ९०१, ख्वप बहुप्राविधिक अध्ययन संस्थानले रु. ८३ हजार र ख्वप अस्पतालले रु ७ लाख ६२ हजार ४०० प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।
भक्तपुर नगरपालिकाले विपद्का कारण प्रभावित भएका नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले मिति २०८३ भदौ १८ गते बसेको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
+ posts

 

 

 

 

 

 

 

ताजा
1 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
2 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
3 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न