ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न : Jana Aawaj News

ललितपुर, भदौ १८ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह (ASEZ WAO) ले ललितपुरको चापागाउँमा अवस्थित प्याङगाउँ बसपार्कदेखि टाहाखेल चौतारासम्म “प्लास्टिकमुक्त २०४० अभियान” अन्तर्गत सरसफाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।

ASEZ WAO का प्रतिनिधि शम्भु श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याउने असरलाई न्यूनीकरण गर्न, कार्बन उत्सर्जन कम गर्न र प्लास्टिक प्रदूषण रोक्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

त्यसैगरी वडा अध्यक्ष शेखर न्यौपानेले कान्ति लोकपथको प्रवेशद्वार रहेको चापागाउँ क्षेत्रमा दिनहुँ हजारौं मानिसहरूको आवत-जावत हुनेभएकोले फोहोर व्यवस्थापनको समस्या पनि उत्ति नै रहेकोले विभिन्न निकायकाहरूले यसलाई व्यवस्थापन गर्न सहयोग गर्दैआएको कुरा बताउनुहुँदै आज ASEZ WAO ले पनि यस क्षेत्रलाई रोजेर सरसफाइ कार्यक्रम आयोजना गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो ।

बिहान ७:३० बजे सुरु भएको १ घण्टाको सरसफाइ गतिविधिमा प्याङगाउँ बसपार्कदेखि टाहाखेल चौतारासम्मका सडकमा फ्याँकिएका प्लास्टिकका झोलाहरू, बोटलहरू, जुसका बट्टाहरू, गुट्खाका खोलहरू, चुरोटका ठुटाहरू, चाउचाउका खोलहरू र अन्य खाद्यवस्तुका खोलहरू गरी ३१ बोरा फोहोर संकलन गरिएको थियो । गतिविधिमा जावलाखेल, गोदावरी, भैंसेपाटी, लुभु र सुनाकोठी क्षेत्रका करिब ५० जना ASEZ WAO का सदस्यहरू साथै प्रहरीहरूको सहभागिता थियो ।


ASEZ WAO भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका जागिरे युवाहरूको स्वयंसेवक समूह हो । ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family) भन्ने अर्थ रहेको छ । ASEZ WAO द्वारा ‘Mother’s Forest’ (वृक्षारोपण) सँगसँगै ‘Green Earth (सहर तथा सडक सरसफाइ)’ ‘Blue Ocean (नदी खोला तथा समुद्र सरसफाइ’ ‘No More GPGP (प्लास्टिक फोहोरको टापू रोकथाम गतिविधि)’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन् । यसको अतिरिक्त, ‘Green Workplace (पानी बचत, ऊर्जा बचत, स्रोत बचत)’ प्रोजेक्टको एक हिस्साको रूपमा, ‘इमेल इनबक्स खाली गर्ने’, ‘कम्प्युटरको मनिटर र मल्टिप्लगहरू बन्द गर्ने’ जस्ता च्यालेन्जहरू पनि लगातार जारी भइरहेका छन् ।प्लास्टिक प्रदूषण समाप्त गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासअनुरूप, विश्वभरि विभिन्न ‘प्लास्टिकमुक्त २०४०’ गतिविधिहरू पनि भइरहेका छन् । नेपालमा पनि ललितपुर, काठमाडौं, लुम्बिनी, नेपालगन्ज जस्ता विभिन्न ठाउँहरूमा सरसफाइ गतिविधि गरिएको छ । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।

ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३९ लाख २० हजार सदस्यहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा गत जुन महिनासम्म ५७,४३७ जनाले ९५८ पटकसम्म विभिन्न स्वयंसेवा गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान, र सांस्कृतिक आदानप्रदान जस्ता गतिविधिहरू ४४,००० पटकभन्दा बढी गरिएको छ । परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रिय अमेरिकाबाट तीन वटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, कोरियाबाट तीन वटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,४०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
2 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
3 टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न
4 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न