परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण : Jana Aawaj News

चितवन, भदौ २५ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजना गरिएको ‘छिमेकीलाई प्रेम बाँड्ने कार्यक्रम’ अन्तर्गत रत्ननगर-१ स्थित ॐ शान्ति आधारभूत विद्यालयका साना विद्यार्थीहरूलाई झोला हस्तान्तरण गरिएको छ। साना बालबालिकाहरूको पठनपाठनमा सहयोग र हौसला पुगोस् भन्ने उद्देश्यले उक्त शैक्षिक सामग्री वितरण गरिएको हो।

यसै वर्ष काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न विद्यालयहरूमा, कम्प्युटर लगायका उपकरण, झोला, जुत्ता, मोजा जस्ता सामग्री वितरण गरिएको थियो । २०७२ सालको महा विनाशकारी भूकम्पमा सिन्धुपाल्चोकको श्री आधारभुत विद्यालय र काभ्रेपलाञ्चोकको श्री भवानी निम्न माध्यमिक विद्यालय पुनर्निर्माण साथै ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार तथा घाइतेको उद्धार कार्य, हिमाली क्षेत्रका गाउँहरूमा हेलिकप्टरबाट १,००० घरधुरीका निम्ति १४ पटक खाद्यान्न ढुवानी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जस्ता कार्यहरू गरेको छ ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं १ का वडा सदस्य गिरराज लम्साल प्रमुख अतिथिको रूपमा हुनुहुन्थ्यो। त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम सुवेदी, पूर्वअध्यक्ष रामेश्वर महतो, शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष विकन महतो र विद्यालयका प्रधानाध्यापक राधा चौधरी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

संस्थाका प्रतिनिधिले मण्डली कुनै धार्मिक प्रचारमा मात्र सीमित नरही विशुद्ध सामाजिक, मानवीय र वातावरण संरक्षणका कार्यमा सक्रिय रहेको बताउनुभयो। संस्थाले यसअघि टिकौली जङ्गलको ८ किलोमिटर सडक किनार सरसफाइ, बागमती र नारायणी नदी किनार सरसफाइ, देशभर रक्तदान अभियान, काठमाडौँ उपत्यकाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण तथा २०७२ को भूकम्पमा विद्यालय पुनर्निर्माण जस्ता सामाजिक कार्यहरू गर्दै आएको जानकारी गराइयो।

हालै रसुवाबाट सुरु भएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति मण्डलीले दुःख व्यक्त गर्दै विपद्‌का घडीमा घाइतेहरूको उपचारका लागि देशभरबाट ४ हजार ५ सय ७१ जनाभन्दा बढीले रक्तदान गरिसकेको समेत जनाएको छ।

कार्यक्रमका अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै, वितरण गरिएका सामग्रीले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण
2 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
3 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
4 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न