नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा | Jana Aawaj News

नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा : Jana Aawaj News
Oplus_16908288

ललितपुर । नेपाल हृदयराेग निवारण प्रतिष्ठान, केन्द्रीय कार्यालयले यही भाद्र १० गते भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट, धादिङ र चितवनलगायतका विभिन्न ठाउँमा आएकाे विध्वंशात्मक बाढी पहिराेमा परी ठूलाे धनजनकाे क्षति भई पीडित व्यक्तिहरूकाे राहतकाे लागि प्रतिष्ठानकाे केन्द्र तथा मातहतका शाखाहरू काठमाण्डाै, ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर तथा चितवन शाखाहरूका पदाधिकारी तथा सदस्यहरू र कर्मचारीहरूबाट सङ्कलित कूल नगद रकम रू ६,२६,१२७/- (छ लाख छव्विस हजार एकसय सत्ताइस रूपैयाँ मात्र) प्रधानमन्त्री दैवी प्रकाेप राहत काेषमा जम्मा गरेकाे प्रतिष्ठानका महासचिव काेमल प्रकाश घिमिरेले जानकारी दिनुभएकाे छ ।

याे विपत्तिकाे घडीमा देश विदेशबाट राहत सङ्कलन र प्रधानमन्त्री दैवी प्रकाेप राहत काेषमा रकम जम्मा भईरहेकाे सिलसिलामा प्रतिष्ठानले पनि उदार मनले उक्त रकम जम्मा गरेकाे हाे ।

साथै उक्त प्रतिष्ठानले बाढी पहिराेबाट ज्यान गुमाउन पुगेका नेपाली तथा विदेशीहरूकाे आत्माकाे चीर शान्तिकाे कामना, घाइतेहरूकाे शीघ्र स्वास्थ्यलाभकाे कामना, दीवंगत परिवारजनहरू प्रति धैर्य धारणाकाे कामना गर्दै समवेदना प्रकट गरेकाे छ भने बेपत्ता परिवारकाे खाेजि कार्यमा सफलता मिलाेस् भनी कामना समेत गरेकाे छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा ‘Green Earth’ सरसफाइ अभियान सम्पन्न
2 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
3 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
4 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न