Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न | Jana Aawaj News

Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न : Jana Aawaj News
Oplus_16908288

काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विद्यार्थी स्वयंसेवक समूह Asez Star को आयोजनामा विद्यालयमा हुने विभिन्न प्रकारका हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्दै सुरक्षित र शान्तिपूर्ण शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले ‘विद्यालय हिंसा रोकथाम अभियान सेमिनार कार्यक्रम’ बुधबार सम्पन्न भएको छ।

Eyelens English High School, बेसिगाउँ, गोकर्णेश्वरमा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा सम्बन्धित सरोकारवालासहित करिब ९० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा Eyelens English High School का प्रध्यानाध्यापक कृष्ण भन्ण्डारि प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै उप प्राचार्य निता शर्मा र समन्वयकर्ता सुमन राय लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयमा हुन सक्ने शारीरिक, मानसिक तथा सामाजिक हिंसा, विद्यार्थीबीचको व्यवहार, सुरक्षित विद्यालय वातावरण निर्माण तथा हिंसा रोकथामका उपायहरूबारे जानकारी तथा छलफल गरिएको थियो। सहभागीहरूलाई विद्यालयमा हिंसाका घटना हुन नदिन विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनबीच सहकार्य र सचेतना आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

विद्यालय हिंसा रोकथामसम्बन्धी सचेतना अभिवृद्धि गर्दै विद्यार्थीलाई सुरक्षित, सम्मानजनक र सकारात्मक वातावरण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको Asez Star ले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले विद्यालय हिंसा रोकथामका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
3 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
4 सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिपमा अरनिको मावि प्रथम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न