Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न | Jana Aawaj News

Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न : Jana Aawaj News

काठमाडौं, असोज २ गते । विद्यालयमा हुने हिंसा तथा दुर्व्यवहार न्यूनीकरण गर्दै सुरक्षित, सभ्य र मैत्रीपूर्ण शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले ‘विद्यालय हिंसा रोकथाम अभियान सेमिनार’ सम्पन्न भएको छ।


परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका विद्यार्थी स्वयंसेवक समूह Asez star को आयोजनामा Green Tara Child Haven School, आरुबारी, गोकर्णेश्वर मा आयोजित सेमिनारमा विद्यालयका कोअर्डिनेटर, शिक्षिकाहरू तथा विद्यार्थीहरूसहित करिब १२० जनाको सहभागिता रहेको थियो।


कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय कोअर्डिनेटर प्रकाश सिम्खडा सहभागी हुनुभएको थियो। सेमिनारमा विद्यालयमा हुन सक्ने विभिन्न प्रकारका हिंसा, त्यसका असर, हिंसा रोकथामका उपाय तथा विद्यार्थीलाई सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्न विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको भूमिकालगायत विषयमा छलफल तथा सचेतनामूलक प्रस्तुति गरिएको थियो।


कार्यक्रमले विद्यार्थीहरूमा हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै विद्यालयमा आपसी सम्मान, सहकार्य र सकारात्मक व्यवहारको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।


कार्यक्रम सम्पन्न भएपछि Green Tara Child Haven School का तर्फबाट विद्यालय हिंसा रोकथाम अभियानमा पुर्‍याएको योगदान तथा सहकार्यको कदरस्वरूप Asez star लाई Letter of Appreciation प्रदान गरिएको थियो।


आयोजक Asez star ले आगामी दिनमा पनि विद्यालय तथा समुदायमा हिंसा न्यूनीकरण र बालबालिकाको सुरक्षित वातावरण निर्माणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
2 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
3 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
4 परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न