आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न  | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 

पढ्न लाग्ने समयः 2 मिनेट
आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न  : Jana Aawaj News

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता-२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा रहेको आरक्षण नेसनल स्कुलको आयोजनामा सोमबार सम्पन्न भएको छ ।

नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु बीच अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तह र आधारभूत तह गरी २ चरणमा गरिएको थियो । माध्यमिक तह तर्फको प्रतिस्पर्धामा प्रथम ईडेन गार्डेन स्कुलको श्रीजय महत, द्धितीय मदरल्याण्ड स्कुलकी रोहिणी वस्नेत, तृतीय डेमोस स्कुलकी वर्षा जिम्बा तामाङ र सान्त्वना पाथीभरा एकेडेमीको कृस्तफ थापा मगर विजेता हुन सफल भएका थिए ।

त्यसै गरी आधारभूत तहतर्फको प्रतियोगितामा प्रथम ऋतम्भरा पाठशालाकी नितु तामागं, द्धितीय संस्कार गुरूकूलकी विदुशि ढकाल, तृतीय मदरल्याण्ड स्कुलको न्यूरोन लोहोला र सान्त्वना नगरकोट सनराइज स्कुलको दिवस नगरकोटीले पुरस्कार जित्न सफल भएका थिए ।

आयोजक विद्यालयकी कार्यकारी निर्देशक शर्मिला खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि चानपा वडा नं ८ का अध्यक्ष एवं नगर प्रवक्ता जनक खत्रीले नेसनल प्याव्सनले यसरी अन्तर विद्यालय प्रतियोगिताहरु गरेकाले विद्यार्थीहरुको प्रतिभा बाहिर आउने बताउनु भयो ! नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक विद्यालय आरक्षण नेसनल स्कुलले संस्थाको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा आभार प्रकट गर्दै विजेता विद्यार्थीहरुलाई बधाई एवं शुभेच्छा प्रदान गर्नु भयो ।

प्रतियोगिताले विद्यालय तहमा विद्यार्थीको गायन प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकासमा टेवा पुर्‍याउनुका साथै कला तथा संगीतप्रतिको रुचिलाई प्रोत्साहन गर्ने उदेश्य रहेको जानकारी कार्यक्रम संयोजक सरोज केसीले दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 “योगको नमुना जिल्ला” बन्दै भक्तपुर: तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
2 चाँगुनारायण-२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता
3 विनायकका तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा दोस्रो रनरअप, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
4 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x