गायिका ग्रिष्मा खड्काको ‘माया नै काफी छ’ म्यूजिक भिडियो सार्वजनिक | Jana Aawaj News

गायिका ग्रिष्मा खड्काको ‘माया नै काफी छ’ म्यूजिक भिडियो सार्वजनिक

भिडियो सार्वजनिक भएको दुई दिनमा नै यूट्यूवमा ट्रेण्डिङमा (भिडियो सहित)

पढ्न लाग्ने समयः < 1 मिनेट
गायिका ग्रिष्मा खड्काको ‘माया नै काफी छ’ म्यूजिक भिडियो सार्वजनिक : Jana Aawaj News

भक्तपुर । गायक तथा संगीतकार कमल खत्रीको शब्दरसंगीत र गायिका ग्रिष्मा खड्काको स्वरमा ‘माया नै काफी छ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । युवा पुस्ता लक्षित उक्त गीतको म्यूजिक भिडियो यूट्यूवमा सार्वजनिक भएसँगैं दर्शकहरुले धेरै रुचाएका छन् ।

सानैदेखि संगीतमा रुची राख्ने खड्काको यो चौथो गीत हो भने, उक्त गीत युवा पुस्तालाई लक्षित गरिएको खड्काले बताएकी छिन् । ।

खड्काको यसअघि ‘तिम्रै लागि’, ‘मुस्काइ हाँसिदेउ, ‘एक पटकको नेपाली सँधै नेपाली’ गीत सार्वजनिक भइसकेका छन् ।

मानविकीशास्त्रमा कक्षा १२ को परीक्षा हालै उत्तिर्ण गरेकी खड्का गीत र संगीत बाहेक सामाजिक कार्यमा समेत रुची राख्छिन् ।

उनको पछिल्लो गीत ‘माया नै काफी छ’ ले युवा पुस्ताको माया प्रेमलाई देखाउन खोजिएको छ भने, उनको यो गीतको म्यूजिक भिडियोमा उनी स्वयं लगायत गायक कमल खत्रीको अभिनय रहेको छ ।

उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको दुई दिनमा नै यूट्यूवमा ट्रेण्डिङमा पर्न सफल उक्त गीतबाट खड्काको व्यवसायिक सांगितिक यात्राले अझ उचाई प्राप्त गर्ने देखिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न