सडकमै वडा कार्यालयको सम्पूर्ण काम | Jana Aawaj News

सडकमै वडा कार्यालयको सम्पूर्ण काम

नगरकोट सडक निर्माणको काम विगत ९ वर्षदेखि अलपत्र

पढ्न लाग्ने समयः 2 मिनेट
सडकमै वडा कार्यालयको सम्पूर्ण काम : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लाको चार वटा नगरपालिका मध्य पर्यटकिय हिसाबले सुगम मानिने बाह्य र आन्तरिक पर्यटकको मुख्य थलो चाँगुनारायण नगरपालिका वडा नं. ६ मा पर्ने नगरकोटको सडक निर्माणको काम विगत ९ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

यतिबेला चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामा आफ्नो वडा कार्यालयमा बसेर काम गर्न छोडि जनताको सम्पूर्ण सडकमा नै बसेर गर्दै छन् ।

सम्बन्धित निकाय नै घरिघरि आएर आश्वासन दिने काम मात्रै भएपछि सडकमै मेच टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यङ्ग्य गर्दै सडकमा नै उत्रिएका छन् ।


विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्ध गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडाको सेवा दिएको जानकारी गराउनुभएको छ ।

‘भक्तपुर नगरकोट सडक नबन्दा यहाँका जनताले पाएको दुःख सिंहदरबारमा चिल्लो गाडिमा हुईकिने मन्त्रीलाई के थाहा ? ठेक्का लिएर सडक अलपत्र पार्ने शारदाप्रसाद अधिकारीलाई के थाहा ? यहाँका जनताले बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर काटेको सास्ती सहन नसकेर त्यसको बिरोधमा आफु सडकमै उत्रियर सेवा दिएको बताउनुभयो ।’

नगरकोट सडक निर्माण गर्नका लागि सरकारले दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि २०७१ जेठ २२ गते भक्तपुर नगरकोट सडक निर्माण गर्न शैलुङ् कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । हाल आठ वर्ष पुरा भएर नौ वर्ष लागि सक्दा पनि सडक निर्माण सम्पन्न गर्न नसकेकोले आफु सडकमै उत्रिनु परेको वडाअध्यक्ष लामाले बताउनुभयो ।

यसअघि पनि लगातार भक्तपुर नगरकोट सडक खण्डमा स्थानीयले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो नै गाडी र भित्ता भित्तामा टाँसेर बिरोध जनाएका थिए भने, मन्त्रीको गाडी सडकमै रोकेर अबरोध गरेका थिए ।

 

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न