
काठमाडौं । अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको हैन, माफीयाको सरकार भन्ने मुल नारा सहित आज नेकपा एमालेले चर्को महंगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा राजधानीमा वृहत जनप्रदर्शन गर्ने भएको छ ।
जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप गर्न लागिएको जनप्रदर्शको आवश्यक सबै तयारी पूरा भएको महंगी तथा भ्रष्टाचार विरूद्ध वृहत जनप्रदर्शन आयोजक कमिटीका संयोजक पार्टी स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
महंगीको चौतर्फी मारमा आम नागरिक पर्दा समेत वर्तमान परमादेशी गठबन्धन सरकारले मूल्यवृद्धि नियन्त्रणमा कुनै पहल नगरेकाले सरकारलाई खवरदारी गर्न आयोजना गरिएको जनप्रदर्शनमा व्यापक सहभागिता जनाउन राजधानीवासीलाई संयोजक श्रेष्ठले अपिल समेत गर्नुभएको छ ।

दैनिक उपभोग्य वस्तु दाल, चिनी, दूध, घ्यू–तेल, सवारी भाडा, सामान ढुवानी, शिक्षा तथा अन्य कतिपय आधारभूूत आवश्यकताका वस्तु र सेवाको मूूल्यमा चरम मूल्यबृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य एक वर्षभन्दा कम अवधिमा नै दोब्बरभन्दा धेरैले बढेको छ । यसका कारण ढुवानी सेवा, सडक तथा हवाई यातायात सेवा, औद्योगिक उत्पादन र उपभोग्य वस्तुको समेत मूल्य अचाक्ली बढेको भन्दै जनप्रदर्शनको आयोजना गरिएको हो ।
आजको यस जनप्रदर्शनमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आजको यस जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यस अन्तर्गतका चारवटा जिल्ला कमिटी, सम्पर्क कमिटी, जनवर्गीय संगठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागहरू लगायतको सहभागिता रहने बताईएको छ ।
जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट शुरू भई प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344628












