समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका | Jana Aawaj News

समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका

विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र आई.ई.ई.ई. पी.ई.एस. को संयुक्त आयोजनामा ‘समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

समापन कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरुमा देशभरीका ७२ जिल्लाका ७ हजार भन्दा बढी विद्यार्थीहरुले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको तथा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा अग्रणी भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो ।

देश विकासको निम्ति नेतृत्व राम्रो हुनुपर्ने विचार व्यक्त गर्नुहुँदै उहाँले नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान विजुक्छेंद्वारा लिखित १०० वर्ष पछिको भक्तपुरमा उल्लेख भएअनुसार १०० वर्ष पछिको भक्तपुरको परिकल्पना अनुरुप भक्तपुर नगरपालिकाले पुराना शैलीका घर निर्माणमा अनुदान दिंदै आएको तथा भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई मोहडाको लागि लाग्ने काठ, ईटा र झिंगटीको खर्च मध्ये ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको उल्लेख गर्नुभयो ।

शिशु स्याहारदेखि स्नातकोत्तर सम्म कक्षा सञ्चालन गर्ने देशभरीको एक मात्र स्थानीय तह भक्तपुर नगरपालिका भएको उल्लेख गर्नुहुँदै प्रमुख प्रजापतिले समाजवादी विचारद्वारा अभिप्रेरित भई काम गर्ने भक्तपुर देशभरमै एउटा नमूना स्थानीयतह भएको उल्लेख गर्नुभयो ।
उहाँले देश विकासको निम्ति बुद्धिजीवीहरुले समाज र देशलाई केन्द्रमा राखेर समाज परिवर्तनको लागि आ–आप्mनो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा आई.ई.ई.ई. का अध्यक्ष प्रा.डा. नवराज कार्कीले सम्मेलनको प्रभावकारिता र उपलब्धी बारे समीक्षा गर्नुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको कार्य अन्य स्थानीय तहहरुको लागि उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा ख्वप इन्जियिरिङ कलेजका प्राचार्य सुजन माकले प्रस्तुती कर्ताहरु, सहभागी महानुभावहरु लगायत सम्मलेनलाई सफल पार्न प्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तित्व र संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले मुख्य वक्ताहरु, प्रस्तुतीकर्ताहरु, सहभागीहरु तथा स्वयं सेवकहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो भने आई.ई.ई.ई.का अध्यक्ष प्रा.डा.नवराज कार्कीले ख्वप इन्जिनियरिङ कलेज र ख्वपकलेज अफ इन्जिनियरिङलाई प्रदान गरिएको प्रशंसा पत्र क्रमशः प्राचार्य सुजन माक र प्राचार्य सुनिल दुवाललाई हस्तान्तरण गर्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न