
नारायण थापा
भक्तपुर । भक्तपुरको दुवाकोट मोडस्थित वल्ड टाउन रेस्टुरेन्टले बिरयानीको नयाँ स्वाद लिएर आएको छ ।


वल्ड टाउन रेस्टुरेन्टका संचालक रितम प्रधानका अनुसार भक्तपुरमा बिरयानीको पारखीहरुका लागि छुट्टै स्वाद लिएर मट्का बिरयानी भक्तपुरमा आइसकेको बताउनुभयो । प्रधानका अनुसार वल्ड टाउन रेस्टुरेन्टले माटोको भाँडोमा पकाएको मट्का विरियानी नै यहाँको विशेषता हो । मट्का बिरयानीको उत्कृष्ट स्वाद र स्वास्थ्यकर रेसीपी र परम्परागत माटोको भाँडामा पकाउने भएकोले अलग स्वादका कारण नै वल्ड टाउनमा धेरै मानिसहरु आउने गरेको बताउनुभयो ।

पूर्ण पारिवारिक वातावरण रहेको रेस्टुरेन्टमा बिरयानीको अलावा नेपाली स्पेशल परिकारसहित ईन्डीयन, चाईनिज, ईटलियिन र स्थानीय विभिन्न परिकारहरु पाक्नुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको संचालक रितम प्रधानले जानकारी दिनुभयो ।
विशेष गरी भारतको उत्तर प्रदेशमा प्रख्यात मट्का विरियानीको स्वाद भक्तपुरमा आफूहरुले दिंदै आएको उहाँले बताउनुभयो । माटोको भाँडामा पाकेको खानेकुरा स्वास्थ्यको लागि पनि निकै लाभदायी हुने भएकोले बिरयानीका लागि वल्ड टाउन उपयुक्त रहेको प्रधान बताउनुहुन्छ ।
चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मर मसला र खसी, कुखुरा वा माछा सहित तयार गरिएको विशेष परिकारलाई बिरयानी भनिन्छ । एसियाको सबै स्थानहरूमा बिरयानी पाउने भएता पनि स्थान अनुसार यसको स्वाद यसमा हालिने सामाग्री र बनाउने तरिका फरक फरक हुने गर्दछ । बिरयानी विशेष गरी राइतो, चटनी, वा सब्जीसँग खाने गरिन्छ ।
बिरयानी बनाउन आवश्यक सामाग्री ?
– १ किलो बासमती चामल
– १/२ किलो खसी या कुखुराको मासु वोसो छाला हड्डी नभएको
– २०० ग्राम प्याज मसिनो काटेको
– १/२ लिटर दूध
– बदाम ५० ग्राम
– काजु किसमिस ५०/५० ग्राम
– ४/५ वटा सुकुमेल, ल्वाङ, सुकुमेल, तेजपात, दालचिनी
– अदुवा लसुन टुक्रा १०० ग्राम
– मटर दाना १०० ग्राम
– घिउ १०० ग्राम
– बदामको तेल १ ठूलो चम्चा
– बिरयानी मसला
– नून
– अजिनामोटो इच्छाअनुसार
– केसर ५/६ टुक्रा
– १/४ चम्चा बेसार आदी ।
कसरी बनाउन सकिन्छ त बिरयानी ?
चामल आवश्यकता अनुसार सफा गरी भिजाउने, मासु सफा गरी नून राखी उसिन्ने १०० ग्राम तेल राखी मासु पकाएर छुट्टै राख्ने । त्यसपछि प्याज, काजु, किसमिस, वदाम, अदुवा, लसुन, भुटेर छुट्टै राख्ने, घिउ तताएर ल्वाङ सुकुमेलहरू फुराउने, त्यसपछि चामलको पानी तराउने र घिउमा भुट्ने आवश्यक पानी राखी पकाउने, चामको पानी सुकेपछि मटर मासु र भुटेको प्याज राख्ने काजु किसमिसल सजाउन पनि सकिन्छ ।
भक्तपुरको सल्लाघारीबाट पुरानो ठिमी तर्फ जाने बाटोमा दुवाकोट मोड नपुग्दै बायाँ तर्फ वल्ड टाउन रेस्टुरेन्ट रहेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351463










