वी लभ यू फाउन्डेसनद्वारा चन्द्रागिरी डाँडाको पार्कमा वृक्षारोपण | Jana Aawaj News

वी लभ यू फाउन्डेसनद्वारा चन्द्रागिरी डाँडाको पार्कमा वृक्षारोपण

पढ्न लाग्ने समयः 2 मिनेट
वी लभ यू फाउन्डेसनद्वारा चन्द्रागिरी डाँडाको पार्कमा वृक्षारोपण : Jana Aawaj News

नारायण थापा
भक्तपुर । अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले आमाको प्रेम सारा संसारमा भन्ने नाराभित्र ‘आमाको उद्यान परियोजना’ अन्तर्गत आज चन्द्रागिरी डाँडाको महादेवथान नयाँ पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।


चन्द्रागिरी नगरपालिकाको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा २०० वटा रूखका विरूवाहरू रोपिएका छन् । जसअन्तर्गत ७० वटा गोल्डेन स्क्याल्प, ३० वटा एभोगाडो, ५० वटा धूपी, १० वटा अम्बा, २० वटा बरगन्डी बेरी र ५ स्प्रस बेरी गरी विभिन्न प्रजातिका रूखका विरूवाहरू रोपिएको हो ।


कार्यक्रममा पूर्व कृषि मन्त्री तथा वागमती प्रदेश सांसद केशव पोख्रेलले भौतिक पूर्वाधार विकास साथै वातावरणलार्ई जोगाउनु पनि वर्तमान समयको आवश्यकता रहेको कुरामा जोड दिनुभयो । त्यस्तै मेयर घनश्याम गिरीले वी लभ यू फाउन्डेसनले ठाउँमा–ठाउँमा गरिरहेको यस किसिमको कार्यले समाजको विकास पनि हुने वरिपरिको वातावरण पनि स्वच्छ हुने कुरामा जोड दिँदै रोपिएका विरूवाहरूको नियमित हेरचाह र पानीको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै वी लभ यू फाउन्डेसन नेपालका सल्लाहकार, नारायण श्रेष्ठले जलवायु परिवर्तन र वातावरणीय प्रदूषण झन–झन गम्भीर बन्दैगएपछि हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने आवश्यकता बढ्दै गएको र आमाको उद्यान परियोजना मार्फत विश्वव्यापी गाउँका सबै क्षेत्रहरूमा हरियो वन तयार पारेर भावी पुस्तालाई स्वस्थ पृथ्वी हस्तान्तरण गर्न सकौं भन्ने कुरामा जोड दिनुभयो । यस गतिविधिले पार्कलाई हरियाली बनाउन र नागरिकहरूमा वातावरणीय सचेतना जगाउन योगदान पुग्ने अपेक्षा फाउन्डेसनले गरेको छ ।

वृक्षारोपणको उक्त कार्यक्रममा ललितपुर, पुतलीसडक, चन्द्रागिरी, इमाडोल, गोदावरी, रविभवन, बालकुमारी, सुनाकोठीबाट करीब ३०० जना सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एकै स्वरमा वी लभ यूु भन्ने नारा लगाउँदै वातावरणलाई सुन्दर र सफा राख्न अन्य सहभागी व्यक्तिहरू र स्थानीय बासिन्दाहरूलार्ई पनि हौसला प्रदान गरिएको थियो ।

कार्यक्रममा बाग्मती प्रदेश सांसद माननीय रमा आलेमगर तथा यमुना श्रेष्ठ र चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको उपस्थिति रहेको थियो ।

मानव–जातिको हितका लागि जलवायु परिवर्तनसँग लड्न र कार्बन उत्सर्जन न्यूनीकरण गर्न नेतृत्व लिइरहेको अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले ‘आमाको उद्यान परियोजना’ मार्फत स्वदेश तथा विदेशमा वृक्षारोपण कार्यक्रमहरू गरिरहेको छ । UN DGC को सहकारी संस्था वी लभ यूले ‘‘आमाको प्रेम सारा संसारमा’’ भन्ने नाराअन्तर्गत वातावरण संरक्षण लगायत आपतकालीन राहत, गरिबी तथा भोकमरी उन्मूलन, पानी तथा सरसफाई, र चिकित्सा तथा स्वास्थ्य सहयोग जस्ता कल्याणकारी गतिविधिहरू पनि निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

+ posts
ताजा
1 बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला
2 औद्योगिक शान्ति नेपाल संस्थाद्वारा भक्तपुरमा महोत्सब हुने
3 ASEZ WAO द्वारा काठमाडौँकाे नक्साल Green Workplace वातावरण गोष्ठी सम्पन्न
4 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न