भक्तपुर महोत्सवमा पत्रकारलाई सम्मान, खेलाडी तथा नृत्य प्रतियोगीलाई नगद पुरस्कार | Jana Aawaj News

भक्तपुर महोत्सवमा पत्रकारलाई सम्मान, खेलाडी तथा नृत्य प्रतियोगीलाई नगद पुरस्कार

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुर महोत्सवमा पत्रकारलाई सम्मान, खेलाडी तथा नृत्य प्रतियोगीलाई नगद पुरस्कार : Jana Aawaj News

भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा सम्पन्न ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ सम्पन्न गरेको छ ।
लामो समय भक्तपुरमा पत्रकारिताको माध्यमबाट संस्कृति, पर्यटन तथा औधोगिक क्षेत्रको बिकासमा पुर्याएको योगदानको कदर गर्दै कार्यक्रममा प्रतिनिधिसभाका सांंसद एवं नेपाली काँग्रेसका नेता दूर्लभ थापाले राष्ट्रिय समाचार समितिका भक्तपुर समाचारदाता रमेश गिरी, पत्रकार पेशल आचार्य र हेमराज ढकाललाइलाई सम्मान गरेको छ ।
त्यसैगरि ११ दिने मेलामा आयोजना गरेको नृत्य प्रतियोतिामा प्रथम, द्धितिय, तृतिय, चौथो र पाँचौ हुनेलाई संस्थाले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेको छ । नृत्य प्रतियोगितामा प्रथम हुने विपिना तामाङलाई नगद रु. ३० हजार, दोश्रो हुने परिचित पुरी र दिपसन कार्कीलाई नगद रु. २० हजार, अजय थिङ लामा रु. १० हजार र चौथो तथा पाँचौ स्थान हुने विनर राई तथा मनधवज तामाङलाई रु। तीन–तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ ।
प्रतियोगितामा निर्देशक, कलाकार एवं सञ्चारकर्मी सूर्य चन्द, नृत्य संयोजन एवं कोरियोग्राफर इन्द्र बिसुन्के र गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । त्यसैगरि भक्तपुर जिल्लामा रहेर विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल सात जना खेलाडीलाई जनही नगद रु. पाँच हजार सहित सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको छ ।
नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा भारोत्तोलन खेलाडी रोशन मानन्धर, रतनसुन्दर नाखुसी, तारा सुवाल, कबड्डी खेलाडी सरमन प्रजापति, तेक्वाण्डो खेलाडी किरण सितुखु, सुस्मिता तामाङ, बक्सिङ खेलाडी बिजय बाटालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
त्यसै अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापा, संस्थाका अध्यक्ष सन्दिप महतले २०७१ सालदेखि भक्तपुरमा आयोजना गरेको भक्तपुर महोत्सव भक्तपुरको पर्यटन विकास, औधोगिक, व्यापारिक क्षेत्रको विकासमा टेवा पुर्याएको बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न