काठमाडौं । आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुने बताइएको छ ।
उक्त समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल र त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् । सो सोमारोहमा १२ हजार ४१५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने भएका छन् । त्रिवि ‘ग्रेस लिस्ट’मा परेका ७४ हजार ७४९ विद्यार्थीमध्ये यो पटक १२ हजार ४१५ जनाले दीक्षान्त समारोहमा सहभागिताका निम्ति आवेदन दिएका थिए ।
वि.सं. २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने त्रिविले बताएको छ । गत वर्ष १० हजार ३०० विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
यस्तै स्नातक तहतर्फ आठ हजार ९८, स्नातकोत्तर तहतर्फ चार हजार १०४, एमफिलतर्फ ४४ र विद्यावारिधितर्फ ११२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कार समेत वितरण गरिने भएको छ । स्रोतःरासस
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Total views : 296048