१२०० वटा सफल मृगौला प्रत्यारोपण | Jana Aawaj News

१२०० वटा सफल मृगौला प्रत्यारोपण

पढ्न लाग्ने समयः < 1 मिनेट
१२०० वटा सफल मृगौला प्रत्यारोपण : Jana Aawaj News

भक्तपुर । भक्तपुरमा रहेको शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा १२०० वटा सफल मृर्गौला प्रत्यारोपण गर्न सफल भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको छोटो अवधिमा यो सफलता हाँसील गर्न केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मृर्गौला पत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पुर्ण कर्मचारीहरुको अथक मेहनत र लगनशीलताले संभव भएको कुरा प्रत्यारोपण केन्द्रले जानकारी गराएको छ ।

स्थापना भएको ११ वर्षमा १२०० वटा मृर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलता हासिल गर्दै यस केन्द्रले नेपालको प्रत्यारोपणको ८० प्रतिशत हिस्सा समेत ओगटेको छ । २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण गरी सकेको थियो भने, आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यस केन्द्रमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिस्क मृत्यु भएको व्यक्तिबाट मृर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सात वटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसि सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

 

+ posts