नेपाली सेना कमाण्ड तथा स्टाफ अधिकृतहरुको अवलोकन भ्रमण सप्पन्न | Jana Aawaj News

नेपाली सेना कमाण्ड तथा स्टाफ अधिकृतहरुको अवलोकन भ्रमण सप्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपाली सेना कमाण्ड तथा स्टाफ अधिकृतहरुको अवलोकन भ्रमण सप्पन्न : Jana Aawaj News

काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३० का तालिमरत ६२ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको मंगलबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।

उक्त अवलोकन भ्रमणमा सहभागीहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।

सोहि क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरीसँग सम्बन्धित ‘विलिभ इन ब्लु’ नामक वृतचित्रको समेत प्रस्तुतीकरण गरिएको थियो ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभयो । साथै उहाँले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठन बिच आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी ढंगले यसको निरन्तरता हुने बताउनुभयो ।

सो अवसरमा सह-सेनानी राकेश बस्नेतले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरुको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिमरत अधिकृतहरूमा २ जना महिला र ६० जना पुरूषको सहभागिता रहेको थियो । जसमध्ये भारत, पाकिस्तान, कोरिया, माल्दिभ्स, केन्या र नाईजेरीयाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न