ईप्सन कप सम्पन्न | Jana Aawaj News

ईप्सन कप सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
ईप्सन कप सम्पन्न : Jana Aawaj News

भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ र १० गते  अन्तर विद्यालय फुटसल प्रतियोगिता सप्पन्न भएको छ ।

उक्त खेलमा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता हुन सफल भएको छ । यसै गरी माध्यमिक तह तर्फ भने, यूनिटी स्कुल विजेता भएको छ । आधारभूत तहतर्फ दोश्रो स्थानको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जितेको छ भने, माध्यमिक तहमा ईडेन गार्डेन स्कुल द्धितीय भएको छ । यस्तै माध्यमिक तहको तेश्रो स्थान मदरल्यण्ड स्कुल र सान्त्वना सेन्ट जोन स्कुल भएको छ । यसैगरी आधारभूत तह तर्फ तेश्रो स्थान ईडेन गार्डेन र सान्त्वना यूनिटी स्कुल भएको छ ।

प्रतियोगिताको समापन एवं पुरस्कार वितरणमा ईप्सनका अध्यक्ष जिबी खड्काको  सभापतित्व र प्रमुख अतिथि नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिहंको उपस्थितिमा शिल्ड र मेडल वितरण गरिएको थियो । प्रमुख अतिथि पूर्व कप्तान सिहंले ईप्सन संस्थाले आफ्ना सदस्य विद्यालयका खेलाडिहरुलाई  खेलको लागि अवसर दिएकोमा धन्यवाद दिनु भएको थियो ।

साथै आधारभूत तहतर्फ मदरल्याण्डका अमृत तामाङ उत्कृष्ट खेलाडि, मदरल्याण्ड कै जयराम बिक सर्वाधिक गोलकर्ता भएका थिए भने, उत्कृष्ट गोलकिपर सूर्योदयका उज्ज्वल ज्याख्व भएका थिए । यसै गरी माध्यमिक तर्फ उत्कृष्ट खोलाडि ईडेन गार्डेनका मन्देश ठाकुर, उत्कृष्ट गोलकिपर यूनिटीका आशिष थापा र सर्वाधिक गोलकर्ता सेन्ट जोन स्कुलका स्वीकार श्रेष्ठ भएको ईप्सनका सचिव विजय कर्माचार्यले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न