वागीश्वरीमा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो | Jana Aawaj News

वागीश्वरीमा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरीमा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो : Jana Aawaj News

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को आयोजनामा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साहित्यिक तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले हरेक अभिभावकले आफ्ना छोराछोरीलाई सही शिक्षा दिएमात्रै व्यवहारिक र सही बाटोमा हिड्ने बताउनुभयो । उहाँले छोराछोरीलाई सही गन्तव्यमा पु¥याउन आमाबाबुले बेलैमा सचेत पार्नुपर्ने अन्यथा पछुटाउनुपर्ने बताउनुभयो । कानुन र संविधानले दिएको पर्याप्त अधिकारको सदुपयोग गर्नुपर्ने बताउँदै महिला पछि पर्नुको कारण महिला नै भएको उहाँको भनाइ छ ।
कार्यक्रममा शिक्षकहरु हरिप्रसाद बास्तोला, हिरालाल फुँयाल, प्रजापति खनाल, विद्यार्थीहरु रघुनन्दन महतो, विष्णुमाया तामाङ, विनिता कोइराला, अञ्जली बनमाला, सेलिजा सापकोटालगायतले नारी दिवसबारे स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले कविता, गीत, गजल, मुक्तक, निबन्धलगायतका विधा प्रस्तुत गरेका थिए ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न