अन्तर्राष्ट्रिय महिला दिवस प्रभातफेरी र अन्तक्रिया सप्पन्न | Jana Aawaj News

अन्तर्राष्ट्रिय महिला दिवस प्रभातफेरी र अन्तक्रिया सप्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
अन्तर्राष्ट्रिय महिला दिवस प्रभातफेरी र अन्तक्रिया सप्पन्न : Jana Aawaj News

काठमाडौँ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस टोखा नगरपालिकाले भव्यरुपमा मनाएको छ । नगरपालिकाले शुक्रबार विहान प्रभातफेरी र अन्तक्रिया कार्यक्रम आयोजना गरी नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीसहित महिला अधिकारकर्मी, नगरपालिकाका कर्मचारी, महिला स्वास्थ्य स्वय्म सेविका लगायतका सरोकारवाको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

टोखा नगरपालिकाका प्रमुख अधिकरीले महिलामा लागनी गरौं समुन्नत समाजको थालनी गरौँ भन्दै विश्वले नै नारी दिवस मनाइरहेको सन्दर्भमा टोखा नगरपालिकाले नारी दिवसलाई भव्य र सभ्यरुपमा मनाएको बताउनुभयो ।
नगरपालिकाले महिलालाई परेको विभिन्न समस्याको पहिचान गरी सम्बोधन गर्दै आएको भन्दै उहाँले आगामी दिनमा महिलाको समस्यालाई नीतिगत र व्यवहारिक रुपमा थप सम्बोधन गर्ने कार्यमा नगरपालिका सधै सक्रिय भएर लाग्ने उहाँले स्पष्ट पार्नुभयो ।
महिला र पुरुष एक सिक्काको दुई पाटा भएको चर्चा गर्दै नगरपालिकाले सोही उक्ति अनुसार महिलालाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको अधिकारीले बताउनुभयो । हाम्रो संस्कार र परम्मपराले महिलालाई उत्पीडिन र शोषणमा राखेको भन्दै त्यस्ता गलत विचारलाई उखलेर फाल्नुपर्नेमा नगर प्रमुख अधिकारीले जोड दिनुभयो ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले महिला हरेक कुरामा पुरुष समान भएको भन्दै नारी हामी सबैको आमा भएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखा नगरपालिकाले प्रभातफेरी र अन्तर्कि्रया कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस भव्य र सभ्य रुपमा मनाएको बताउनुभयो । उहाँले कतिपय महिलाले राष्ट्रिय, सामाजिक र पारिवारिक दायित्व निर्वाह गरेर पनि समाजमा अम्बल सावित भएको भन्दै अवसर पाउँदा अधिकांश महिला अब्बल बन्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न