
भक्तपुर । विश्व मृगौला दिवस प्रत्येक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस बर्षको विश्व मृगौला दिवस आजको दिन “मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मुल नाराको साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवसको आयोजना गर्ने गरिन्छ यसै क्रमलाई निरन्तरता दिँदै यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, अंग प्रत्यारोपण समाज नेपाल, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टर र काठमाण्डौ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु ग्राण्डी इन्टरनेशनल अस्पताल, नर्भिक अन्तराष्ट्रिय अस्पताल, नेपाल मेडिसिटी अस्पताल, स्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरु कान्तिपुर अस्पताल प्रा.लि, गणेशमान सिंह मेमोरियल अस्पताल, नेपाल कोरिया मैत्र अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र मध्यपुर अस्पतालको संयुक्त आयोजनामा विहान ७ :४५ मा काठमाण्डौको शान्तीवाटीका बाट प्रभात फेरी दशरथ रङ्गशालासम्म गएको थियो ।
यैगरी दशरथ रंगशालामा विरामी र चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, मन्त्री, राजनितिज्ञ तथा स्वास्थ्य व्यक्तीको टोली र प्रत्यारोपित तथा अङ्गदाताको टोली विच मैत्री पूर्ण फूटवल खेलमा यस पटक पनि प्रत्यारोपित टोलीले ४/१ ले चित्सिक टोली माथी विजय हासिल गरेको थियो ।


विश्व मृर्गौला दिवसमा आयोजित प्रभातफेरी कार्यक्रमको विशेष अतिथि भक्तपुर जिल्लाका संसाद माननीय प्रेम सुवालले उद्घाटन गुर्न भएको थियो । प्रभात फेरी कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम पुर्व स्वास्थ्य राज्य मन्त्री तोसिमा कार्की, रन्जु झा, संविधान सभा सदस्य भिम्सेन दास प्रधान, पुर्व मुख्य सचिव लिलामणी पौड्यल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ, चिकित्सा विज्ञान अध्ययन संस्थानका उपकुलपती प्रा.डा भुपेन्द्र बस्नेत र वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्ले त्रि.वि.वि.का निर्देशक प्रा.डा. दिनेश काफ्ले, वीर अस्पतालका निर्देशक सन्तोष पौड्यल लागाएत अङ्ग प्रत्यारोपण गर्ने अस्पतालका प्रमुख तथा प्रतिनिधि, मस्तिष्क मृत्यु पश्चात अङ्ग दान गराउने अस्पताका प्रतिनिधि, विशिष्ट अतिथिहरु, विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु, अङ्ग फेल भएका विरामी तथा प्रत्यारोपित लगायत अन्य सर्वसाधारण सहित करिव एक हजार जनाको सहभागीता रहेको थियो ।
विश्व मृर्गौला दिवसको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रम तथा १४ औं नेपाल प्रत्यारोपण खेलकुदमा फुटबल खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सह्राना गर्नुभयो र स्वास्थ्य क्षेत्रको विकास र विरामीको उपचारमा अस्पतालहरुले गरेको सेवा सर्वसाधारणको सहज उपलब्धता हुनु पर्ने हुँदा केन्द्रको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन पहल गर्ने कुरा बताउनुभयो ।
यसै कार्यक्रममा संबोधन गर्नु हुँदै माननीय रञ्जु झाले केन्द्रले गर्ने यस्ता प्रकारका जनचेतनमूलक कार्यक्रममा सधै सहभागी हुने गरेको र प्रत्यारोपण कानुन निर्माण देखि विभिन्न अभियानमा सधै साथ दिएको र आगामी दिनमा पनि साथ र सहयोग पुर्याउने कुरा बताउनुभयो ।
अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने कार्यमा साथै अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले अंग दाता अंग ग्रहणकर्ता र चिकित्सक, नर्स, कलाकार पत्रकार, समाजसेवी बीच मैत्रीपूर्ण फूटवल खेलको आयोजना गरी चौधौ नेपाल प्रत्यारोपण खेलकुद लागाएतका विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related



















Total views : 351313










