ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मुत्यु | Jana Aawaj News

ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मुत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मुत्यु : Jana Aawaj News

भक्तपुर । ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मृत्यु भएको छ ।
मंगलवार सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगर ग्यास लिक भई जलेर घाइते भएपछि उपचारका क्रममा आज मृत्यु भएको हो ।

रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन् । उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जानकारी गराएको छ ।

रानामगरलाई उपचारका लागि धुुलिखेल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंगलवारराती नै किर्तिपुर लागिएको बताइएको थियो । घटनाका सम्बन्भमा प्रहरी वृत जगातीबाट अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी गराएको छ ।

 

+ posts