ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मुत्यु | Jana Aawaj News

ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मुत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मुत्यु : Jana Aawaj News

भक्तपुर । ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एकको मृत्यु भएको छ ।
मंगलवार सूर्यविनायक नगरपालिका–१० चित्तपोलकी ४७ वर्षीया सन्जु रानामगर ग्यास लिक भई जलेर घाइते भएपछि उपचारका क्रममा आज मृत्यु भएको हो ।

रानामगर आफ्नै घरको भान्छा कोठामा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा जलेकी थिइन् । उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जानकारी गराएको छ ।

रानामगरलाई उपचारका लागि धुुलिखेल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि मंगलवारराती नै किर्तिपुर लागिएको बताइएको थियो । घटनाका सम्बन्भमा प्रहरी वृत जगातीबाट अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी गराएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न