बैशाख १ गते भक्तपुरको सल्लाघारीमा सांगीतिक उत्सव हुने | Jana Aawaj News

बैशाख १ गते भक्तपुरको सल्लाघारीमा सांगीतिक उत्सव हुने

पढ्न लाग्ने समयः 2 मिनेट
बैशाख १ गते भक्तपुरको सल्लाघारीमा सांगीतिक उत्सव हुने : Jana Aawaj News

भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा भोली शनिबार सांगीतिक उत्सव हुने भएको छ । २०८१ सालको बैशाख १ गते राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभएको छ ।


महोत्सवमा हालसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरिसकेका छन् । ‘नयाँ वर्षको दिन भोली मन्जु पौडेल, सुविज्ञा पोखरेल, बैकुन्ठ महत, मदन विष्ट, कमल खत्री, रुविसा श्रेष्ठ, सागर लम्साल, प्रतिव हुमागाईले प्रस्तुति दिनुहुनेछ,’ यसैगरी अहिलेसम्म राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसकेको अध्यक्ष महतले जानकार िदिनुभयो ।


अन्य कलाकारहरुमा गणेश के.सी, हर्कुलास बस्नेत, महेश काफ्ले, मानस राज, कपिल कसपाल र अनित विष्टले दर्शकहरुललाई मनोरञ्जन दिने भएका छन् ।
नयाँ वर्ष र बिस्का ः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरकोे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिनुभयो । महोत्सवमा “कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहेको,” थापाले बताउनुभयो । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकार सहितका स्टल रहेको छ ।


यस्तै बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई रु.५० र सर्वसाधरणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले दबताउनुभयो । महोत्सव सल्लाघारी स्थित तीनकुने चौरमा बैशाख २ गतेसम्म संचालन हुने संस्थाले जानकारी गराएको छ ।

 

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न