चितवन । परमेश्वरको मण्डलीद्वारा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम १३,५४ औं विश्वव्यापी रक्तदान अभियान’ चितवनमा सप्पन्न भएको छ ।
रक्त अभावका कारण ज्यान जोखिममा परेका व्यक्तिहरूलाई बचाउने एक मात्र माध्यम भनेकै रक्तदान हो । त्यसैले रक्तदान भनेको जीवन बाँड्ने अमूल्य कार्य हो ।
सो कार्य नेपालमा पनि सक्रिय बनेको छ । बुधबार बागमती प्रदेशको चितवनस्थित ‘रत्ननगर परमेश्वरको मण्डली’मा आयोजना गरिएको कार्यक्रममा विश्वासीहरू, उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब १५० जनाको सहभागिता रहेको थियो । जसमध्य १ सय जनाले खुशी हुँदै “ रक्तदान गर्न पाएकोमा अत्यन्तै आभारी छौ ” भने । त्यसै गरी सहभागी तनुजा चौधरीले “ परमेश्वले हामिलाई निस्तार-चाडद्वारा जिवन दिनुभए जस्तै म पनि रक्तदान गर्न पाएकोमा अत्यन्तै खुसि छु ” भन्दै छिमेकीहरूलाई सधैँ समर्थन गर्ने कुरा बताउनुभयो ।
कार्यक्रमको नाममा भएको ‘निस्तार-चाड’चाहिँ बाइबलमा लेखिएको परमेश्वरको चाड हो, जसमा विपत्ति पार भएर जाने अर्थ रहेको छ । बाइबलअनुसार येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो दिन आफ्नो देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभयो र मानव-जातिलाई पाप क्षमा र अनन्त जीवन प्रदान गर्नुभयो ।
परमेश्वरको मण्डलीले ख्रीष्टको बलिदान समावेश भएको यस दिनको सम्झनामा हरेक वर्ष विश्वव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दैआएको छ । यो वर्ष पनि “मानव-जातिको मुक्तिको निम्ति ख्रीष्टको प्रेमलाई व्यवहारमा लागू गर्न सन्तहरू एकै चित्तका भएका छन्, रक्त अभावका कारण जीवन जोखिममा परेका छिमेकीहरू सबै जनाले स्वस्थ र हर्षपूर्ण जीवन जिउन सकून् भन्ने कामना गर्दछु” भन्दै मण्डलीका एक अधिकारीले भने ।
नेपाल रेडक्रस सोसाइटी भरतपुर शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । कार्यक्रममा कुल १०० पिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, चितवन शाखाका जिल्ला सभपति “ हरि प्रसाद पौडेलले यहाँहरूले अनवरत रूपमा विभिन्न वातवरण सरसफाई भुकम्प पिडितहरूलाई सहयोग जस्ता योगदान पुर्याउदै आउनुभएको छ ” भन्दै मण्डलीप्रति आभार व्यक्त गर्नुभयो । ईलाका प्रहरी कार्यालय रत्ननगर प्रहरी निरीक्षक रमेश विष्ट , नेपाल महिला देवि संघको अध्यक्ष देवि अधिकारीले “ रक्तदान जस्तो महान् कार्य गर्नुभयो यो एकदम सराहानिय छ ” भन्नुभयो ।
यसअघि अप्रिल ८ तारिखमा काठमाडौंको ललितपुरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । साथै, यो वर्ष मात्रै काठमाडौंको नागार्जुन र बुढानिलकण्ठमा, भक्तपुरमा, गण्डकी प्रदेशको नवलपुरमा, सुदूरपश्चिम प्रदेशको कैलालीमा, मधेसी प्रदेशको पर्सामा र लुम्बिनी प्रदेशको बाँके र रुपन्देही लगायत देशैभर रक्तदान कार्यक्रम सम्पन्न भईसकेको छ ।
परमेश्वरको मण्डलीले देशका विभिन्न ठाउँमा छिमेकी सहयोग, राहत कार्य, वातावरण सरसफाइ, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग जस्ता विभिन्न स्वयंसेवाको कार्य गर्दैआएको छ । केही समय अगाडि मण्डलीले ललितपुरको मञ्जुश्री वृद्धाश्रमको भ्रमण गरेर ज्येष्ठ नागरिकहरूलाई खुशी र हाँसोको उपहार प्रदान गऱ्यो र नुवाकोटको माध्यमिक विद्यालयलाई पठनपाठनका लागि कम्प्युटरहरू पनि हस्तान्तरण गरेक छ ।
२०७२ सालको महाभूकम्पको बेला सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय तथा काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण गरिदिएर मण्डलीले भविष्यका कर्णधारहरूलाई पनि सहयोग पुऱ्यायो । भूकम्पले क्षतिग्रस्त ७१० वटा ठाउँहरूमा मर्मत-सम्भार कार्य तथा घाइतेहरूको उद्धार गर्ने कार्यको साथै हिमाली भेगका गाउँहरूमा १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटकसम्म ओहोरदोहोर गर्दै खाद्यान्न पुऱ्याउँदै स्थानीयवासीहरूको मनमा आशा जगाउने कार्य मण्डलीले गरेको छ । यसबाहेक पनि सहरका विभिन्न ठाउँहरू सरसफाइ गर्दै स्थानीय समुदायको वातावरण सफा बनाउने कार्यमा पनि मण्डली अग्रसर हुँदैआएको छ । आफ्नो समर्पित सेवाका लागि यस मण्डलीले नेपाल रेडक्रसका अध्यक्ष, सुनसरी तथा भक्तपुर शाखा प्रमुख, श्रीसरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक, श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा-पत्र, कदर-पत्र जस्ता थुप्रै पुरस्कारहरू प्राप्त गरेको छ ।
सन् १९६४मा कोरियाबाट सुरु भएर यो वर्ष मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डलीले हालसम्म गर्दैआएको स्वयंसेवाको संख्या २७,००० पटकभन्दा बढी छ । १७५ वटा देशका ७,५०० वटा क्षेत्रहरूमा रहेका ३७ लाख सदस्यहरूले बाइबलअनुसार ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’लाई विश्वास गर्छन् र उहाँहरूको शिक्षाअनुसार छिमेक तथा समाजमा प्रेम र आशा बाँडिरहेका छन् । यसको सम्मानस्वरूप मण्डलीलाई अमेरिकी राष्ट्रपतीय अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक आदि विभिन्न सरकार तथा संस्थाहरूबाट ४,२०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news